आइतबार, कार्तिक ३ २०७६
काठमाडौं ०६:५७
वासिङटन डिसी 21:12

चलचित्र मेरो आफ्नोको सम्पूर्ण छायांकन सम्पन्न

इनेप्लिज २०७६ साउन १७ गते २१:३१ मा प्रकाशित

नेपाली कथानक चलचित्र ‘मेरो आफ्नो’ को सम्पूर्ण छायांकन सकिएको छ । बिहीबार पोखरामा फिल्मको एक गीत खिच्दै इन्डक्ल्याप गरिएको हो ।

३५ दिन लगाएर खिचिएको यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ । ओम साइभक्त मिडिया प्रा.लि.का लागि श्रीराम बराल प्रस्तुत ‘मेरो आफ्नो’ लाई राजु अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रमा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्यको प्रमुख भूमिका रहेको छ ।

फिल्मका लेखक मौनता श्रेष्ठ हुन् । लामो समय देखि चलचित्र लेखनमा सक्रिय उनले छिट्टै फिल्मको रिलिज डेट समेत सार्वजनिक गरिने जानकारी दिए । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको चलचित्रमा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द, तारा प्रकाश लिम्बु र बिकास चौधरीको संगीत रहेको छ । रामजी लामिछानेको साथमा कमल राई र किरणले फिल्मको गीतमा कोरियोग्राफी गरेका छन् ।

धिरज कुमार श्रेष्ठ, निलु केसी र बसन्त शर्माको संयुक्त लगानी रहेको यस चलचित्रलाई मन्दिल श्रेष्ठले सम्पादन गर्नेछन् ।

प्रतिक्रिया