एनआरएनए कतारको अध्यक्षमा ३ जनाको उम्मेदवारी

इनेप्लिज २०७६ साउन १७ गते १८:१६ मा प्रकाशित

दोहा, कतार

एन आर एन ए एन सि सि कतारको अध्यक्ष पदको लागि ३ जना उम्मेदवार बिच प्रतिस्पर्धा हुनेभएको छ ।

एन आर एन ए एन सिसि कतारको आशान्न आठौं अधिवेशनको लागि कार्य समिति चयन समितिले तयार गरेको कार्यतालिका अनुसार शुक्रबार भएको मनोनयन दर्ता मार्फत मुक्तदा मुसलमान, तेज कटुवाल र रामचन्द्र माझीले आफनो उम्मेदवारी दर्ता गरेका हुन ।

चार जना आइसिसी सदस्य, एघार जना पदाधिकारी, अठार जना कार्यसमिती सदस्य र ३ सदस्यीय लेखा समितिको लागि ६९ जनाले उम्मेदवारी दर्ता गरेको समितीका संयोजक बिनेश तामाङले बताए ।

यहि अगस्ट २३ तारीखमा हुने कार्यसमिती चयन प्रक्रियाले ४ जना आइसिसि सदस्य, १ अध्यक्ष, १ प्रथम उपाध्यक्ष, १ दित्तिय उपाध्यक्ष, १ महिला उपाध्यक्ष, १ महासचिव, २ सचीव, १ कोसाध्यक्ष, १ सह-कोसाध्यक्ष, युवा संयोजक, महिला संयोजक र १८ जना कार्यसमिती सदस्य सहित १ लेखा समिती संयोजक र २ सदस्य चयन गर्ने छ ।

समितिले मनोनयन माथिको दाबी बिरोध अगस्ट ४ तारिख सम्म, मनोनयन फिर्ता ५ देखि ९ तारिख भित्र र अन्तिम नामावली अगस्ट १० गते साझ ५ बजे प्रकाशन गर्ने जनाएको छ ।

समितिले प्रकाशन गरेको उम्मेदवारको प्रारम्भिक नामावली निम्नअनुसार रहेको छ ।

 

प्रतिक्रिया