सोमबार, भदौ ३० २०७६
काठमाडौं ०१:५५
वासिङटन डिसी 16:10

एफबिआई द्वारा भुवावाला नकाबधारी लुटेराको व्यापक खोजी,सूचना दिनेलाई पाँच हजार डलर दिने

भर्जिनिया र मेरिल्याण्डका समुदाय सावधान

इनेप्लिज २०७६ साउन १७ गते १०:५० मा प्रकाशित

एफबिआई द्वारा भुवावाला नकाबधारी लुटेराको व्यापक खोजी गरि रहेको जनाएको छ । उक्त लुटेराको सूचना दिनेलाई पाँच हजार डलर दिने घोषणा गर्दै सूचना दिन आग्रह गरेको छ । उक्त लुटेरा माथि मेरिल्याण्ड र भर्जिनियामा गम्भीर प्रकारका अपराध गरेकोमा खोजि गरि रहेको जनाएको छ ।

हास्यमय उपनाम गरेको उक्त व्यक्तिले गत बर्ष को अक्टोबर देखि कम्तिमा ४ वटा बैंकमा डकैत गरेको समेत र उ जिम्मेबार रहेको जनाएको छ / एफबिआईले यस्ता व्यक्ति समुदायको लागि खतरा हुने जनाएको छ । यसको लागि जनता बाट सहयता को अपेक्षा गरेको एफबिआई का एक बिशेष पदाधिकारीले जनाएका छन् ।

उक्त व्यक्ति ५ फिट ९ या १० इन्च को भएको हुलिया सार्वजनिक गरेको छ भने उसले भुवावाल दाह्री र चस्मा लगाएको तस्बिर सार्वजनिक गरेको छ । उक्त व्यक्तिले कसैलाई पनि हानी न गरोस भन्ने चाहना रहेको एफबिआईले जनाएको छ । उक्त संदिग्ध व्यक्तिले मेरिल्याण्डको गेथर्सबर्गको सन ट्रस्ट बैंक लगायत फल्स चर्च ,हर्नडन भर्जिनियामा डकैत गरेको समाचार डब्लुटिओपीले लेखको छ । उक्त व्यक्ति पैसा तिर्ने ठाउँमा पुगी आफूले एक सय डलर मलाई दिनु भनेर कागजमा लेखेर माग्ने गरेको अनुसन्धानकर्ताले जनाएका छन् ।

प्रतिक्रिया