युरोपा लिग छनोटमा वान्डरर्स र स्पान्योल तेस्राे चरणमा प्रवेश
लण्डन, १७ साउन । इंग्लिस क्लब उल्भरह्याम्टन वान्डरर्स र स्पेनिस क्लब स्पान्योल युरोपा लिग छनोटको तेस्रो चरणमा पुगेका छन् ।
दोस्रो चरणको खेलमा उल्भरह्याम्टनले आयरल्याण्डको क्रसाडर्सलाई समग्रमा ६–१ ले हरायो । स्पान्योलले आइसल्याण्डको स्टारननलाई ७–१ ले हरायो ।
क्रुसाडर्सविरुद्ध पहिलो लेगमा २–० को जित निकालेको उल्भ्स दोस्रो लेगमा ४–१ ले विजयी भयो ।
राउन बेनफेस्टले १३औं मिनेटमा आत्मघाती गोल गरेपछि आईरिस क्लबले खेलमा अग्रता लिएको थियो । तर त्यसको दुई मिनेटपछि राउल जिमिनेजले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काए ।
३८औं मिनेटमा बेनेटले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाए । ४५औं मिनेटमा जिमिनेजले ब्यक्तिगत दोस्रो गोल गरेपछि उल्भरह्याम्टन वान्डरर्सले पहिलो हाफमा ३–१ को अग्रता लियो ।
७७औं मिनेटमा क्रुसादर्सका फोर्सिथेले आत्मघाती गोल गरेपछि उल्भ्स युरोपा लिगको तेस्रो चरणमा पुगेको हो ।
स्पान्योलले आईसल्याण्डको स्टारननमाथि दोस्रो लेगमा ३–१ को जित निकाल्यो । पाँचौं मिनेटमा अद्रिया पेद्रोसाले गोल गर्दै स्पान्योललाई अग्रता दिलाएका थिए ।
५२औं मिनेटमा बोर्जा इग्लिेसिस र ७८औं मिनेटमा फेरेराले गोल गरेपछि स्पान्योलले तीन गोलको अग्रता लियो । ८७औं मिनेटमा बाल्दुर सिगुरोसनले गरेको गोल सान्त्वनामात्र बन्न पुग्यो ।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
कति खर्बमा बेचियो कालापानी ?
नेपाली अमेरिकी मैत्री सङ्घ म्याडिसन विस्कन्सिनको प्रेस विज्ञप्ति
बोस्टनमा सत्यनारायण पूजाको भिडियो
टेक्ससमा गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधिमण्डललाई स्वागत तथा सम्मान
मेरिल्याण्डमा घरबाटै महिलालाई अपहरण गरि एटिएममा पैसा निकाल्न खोज्ने अपहरणकारी फरार
एएनएचएसका अध्यक्ष केदार तिम्सिनाले डिसीमा हुने बिरोध र्यालीमा सहभागी हुन् सबैलाई आग्रह
प्रतिक्रिया