सोमबार, भदौ ३० २०७६
काठमाडौं ०२:४८
वासिङटन डिसी 17:03

डिसीमा नेपाली पाठशाला सेन्टरभिलका बिद्यार्थीहरुको बेजोड प्रस्तुति

विजय थापा २०७६ साउन १७ गते ०:०३ मा प्रकाशित

डिसी । वाशिंगटन डिसीमा अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल स्थित नेपाली पाठशालाका बिद्यार्थीहरुले नेपाली नृत्य प्रस्तुति गरेका छन् । दक्षिण एसियाली अमेरिकन कर्मचारी संघ द्वारा आयोजित १० औ बार्षिक समारोहमा अमेरिकामा जन्मेका बालिकाहरुले नेपालको अद्वितीय गीतमा बेजोड सामूहिक नृत्य प्रस्तुति गरेका छन् ।

अमेरिकाको परराष्ट्र बिभाग अन्तरगत दक्षिण एसियाली अमेरिकन कर्मचारी संघ( South Asian American employee association) द्वारा आयोजित १० औ बार्षिक समारोहमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली पाठशाला भर्जिनिया सेन्टरभिलका बिधार्थीहरुको प्रस्तुति :

Posted by Enepalese on Thursday, August 1, 2019

उक्त कार्यक्रम अमेरिकाको स्टेट डिपार्टमेन्ट (परराष्ट्र बिभाग) को कुटनैतिक केन्द्र स्थित भवनमा कार्यकमको आयोजना भएको थियो । दक्षिण एसियाली देशका विभिन्न अद्वितीय प्रस्तुतिहरु भएका थिए । उक्त कार्यक्रममा विभिन्न राष्ट्रहरुका कुटनैतिज्ञ ,राजदुत ,कलाकार,अभिभावक तथा बिभिन्न बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बार्षिक समारोह बारेमा प्रकाश पारिनुको साथै अमेरिकी बिशेस अतिथिले बोलेकी थिइन् । उक्त दक्षिण एसियाली अमेरिकन कर्मचारी संघ द्वारा आयोजित १० औ बार्षिक समारोहमा अमेरिकामा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व भर्जिनिया स्थित नेपाली पाठशालाले गरेको थियो ।

अमेरिकाको परराष्ट्र बिभाग अन्तरगत दक्षिण एसियाली अमेरिकन कर्मचारी संघ( South Asian American employee association) द्वारा आयोजित १० औ बार्षिक समारोहमा नेपालको प्रतिनिधित्व गर्दै नेपाली पाठशाला भर्जिनिया सेन्टरभिलका बिधार्थीहरु के भन्दै :

Posted by Enepalese on Thursday, August 1, 2019

पाठशालाकि संस्थापक बिना खड्का लामाले यो हाम्रो लागि ठुलो अवसर भएको बताइन । नेपालको तर्फबाट हामीले संचालनमा ल्याएको पाठशालाले मौका पाउनु निकै हर्षको कुरो भन्दै अमेरिकामा जन्मेकामा दोश्रो पुस्ताका बालिकाहरुले धेरै मेहनत गरेकोले राम्रो प्रस्तुति रहेको बताईन । बिनाले भनिन यस्तो मौका दुर्लभ आउने हुनाले यत्रो राष्ट्रहरु बीच प्रस्तुत गरेकोमा गौरव महसुस भएको बताइन ।

सीमित समय भित्र प्रस्तुति सक्नु पर्ने हुनाले सामूहिक रुपमा नेपालको पश्चिमको कौडा गीतमा बालिकाहरुले सामूहिक प्रस्तुतिको साथमा एकल नृत्य प्रस्तुति गरिएको थियो ।

अमेरिकाको परराष्ट्र बिभागद्वारा आयोजना हुने दक्षिण एसिया बार्षिक सांस्कृतिक समारोह अगाडी छोटो कुराकानी :

Posted by Enepalese on Thursday, August 1, 2019

प्रतिक्रिया