‘मिस्टर वल्ड २०१९’ नेपालका अक्षय

इनेप्लिज २०७६ साउन १६ गते २१:२२ मा प्रकाशित

काठमाडौं – फिलिपिन्सको मनिलामा यही अगष्ट २३ मा आयोजना हुने ‘मिस्टर वल्ड २०१९’मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन् । ‘मिस्टर नेपाल २०१७’का बिजेता रायमाझी नेपाली कलासंस्कृति सहित उक्त कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित अक्षयको ‘मिस्टर वल्ड २०१९’सहभागीता बारे जानकारी गराएको हो ।

बिश्वका एकसय भन्दा बढी राष्ट्रका युवाहरुको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालका एक्लो सहभागीत हुन् । नेपाली कलासंस्कृतिले भरिएको नाँच प्रस्तुत गर्दै भिजिट नेपाल २०२०को सन्देश समेत बिश्वमा प्रवाह गर्ने कार्यक्रममा अक्षयले बताए ।

‘मैले नेपाल र नेपालको बिषेशत झल्कने एक भिडियो समेत तयार गरेको छु । जुन ‘मिस्टर वल्ड’को मन्चमा प्रस्तुत हुनेछ’ अक्षयले भने ‘भिडियोमा आफ्नो समाजसेवा, अन्य काम देखि नेपाल चिनाउने सगरमाथा, गौतमबुद्ध लगायतका बिषयबस्तु अटाएको छ ।’ आफुले बनाएको भिडियोले बिश्वका सहभागीलाई नेपालबारे बुझ्न सजिलो हुने उनले कार्यक्रममा खुलाए ।

अक्षय ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने दोस्रो ब्यक्ति हुन् । यस अगाडि मिस्टर वल्ड २०१६ मा गणेश अग्रवालले सहभागीता जनाएका थिए ।

कार्यक्रममा एक्सपोज नेपालकी सिइयो अर्चना थापाले नयाँ ‘मिष्टर नेपाल २०१९’को आवेदन समेत खुल्ला भएको जानकारी दिइन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले एक्सपोज नेपालले सन् २००१बाट नियमित आयोजना गर्दै आएको यो प्रतियोगितामा सहभागीताका लागि १६ देखि ३५ बर्ष ननाघेका युवाहरुले आवेदन दिन सक्नेछन् ।

थापाका अनुसार काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरान, इटहरी लगायत देशका प्रमुख शहरमा समेत प्रतियोगीताको छनौट चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट www. mister Nepal.com.np पनि भर्न सकिनेछ ।

प्रेस विज्ञप्ती जस्ताको तेस्तै :

आदरणीय पत्रकार मित्रहरु कार्यक्रममा यहाँहरुलाई स्वागत गर्दछु ।

‘मिष्टर नेपाल २०१७’का बिजेता अक्षयजंग रायमाझी फिलिपिन्सको मनिलामा यही अगष्ट २३ देखि आयोजना हुने ‘मिस्टर वल्ड  २०१९’को दशौँ संस्करणमा सहभागिका लागि जान लागेको कुरा यहाँहरुलाई जानकारी गराउन पाउदा निकै खुसी लागेको छ ।

विश्वका सयभन्दा बढी मुलुकका युवाहरुको प्रतिस्पर्धा रहने प्रतियोगितामा एक्सपोज नेपालको तर्फबाट उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका हुन् । काठमाडौ, बानेश्वर निवासी अक्षयले मिस्टर वल्डमा नेपालका कलासंस्कृति, भेषभुसा समेत प्रचार गर्नेछन् । अक्षय नेपाल पर्यटन बर्ष २०२०को समेत प्रचार गर्नेछन् । साथै नयाँ ‘मिष्टर नेपाल २०१९’को आवेदन समेत खुल्ला भएको छ । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले एक्सपोज नेपालले सन् २००१बाट नियमित आयोजना गर्दै आएको यो प्रतियोगिताका शिर्ष बिजेता सन् २०१६ बाट ‘मिष्टर वल्ड ’बाट नियमित सहभागीता जनाउदै आएको छ ।

‘मिष्टर वल्ड ’ संसारभरका पुरुषहरु सहभागी रहने बिस्वकै सबैभन्दा ठुलो प्रतियोगीता हो ।

१६ बर्षदेखि ३५ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन् । काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरान, इटहरी लगायत देशका प्रमुख शहरमा समेत प्रतियोगीताको छनौट चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन सक्नेछन् ।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी बिषयमा दक्ष प्रशिक्षक सहित अन्तिम स्पर्धामा उतारिनेछ ।

आगामी महिनामा अन्तिस्पर्धा हुने प्रतियोगीताका मिस्टर नेपालका विजेता मात्र ‘मिस्टर वल्र्ड’मा देशको प्रतिनिधित्व गर्न पाउने छ । साथै एक चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै बिभिन्न उपहार जित्न सक्नेछन् । प्रतियोगीतामा बिभिन्न दजृन बढी बिजेता समेत छानिने आयोजकले जनाएको छ ।

सहभागीका लागि आवेदन फर्म एक्सपोज नेपालको कार्यालय कुपन्डोल तथा वेभसाइट fO6 www. mister Nepal.com.np पनि भर्न सकिनेछ ।

 

प्रतिक्रिया