अमेरिकामा विरोधको फरक शैली,कम्पनी अगाडी मुसा

सन्जोग आचार्य २०७६ साउन १६ गते २०:५१ मा प्रकाशित

न्युयोर्क । नेपालमा कुनै कम्पनीले कर्मचारीलाई सयमानै तलब दिएन, बोनस बाडेन र बृत्तिविकासमा ध्यान दिएन भने के गरिन्छ ? कर्मचारी युनिएनले कार्यालय बन्द, हड्ताल, देखि सञ्चालकलाई कालोमोसो दल्ने कम्पनी बन्द गर्ने सम्म काम हुन्छ । कर्मचारी कामकाजनै छोडेर हिड्दछन् ।

तर अमेरिकामा कम्पनी संचालकलाई मुसाको सज्ञा दिदै कम्पनी अगाडी .ठुलो मुसा राखेर सांकेतिक प्रदर्शन गरिन्छ । न्यूयोर्कको म्यानह्याटनमा सीआएम कम्पनीको ढोका अगाडि यस्तै दृश्य देखियो । कर्मचारीले ढोका अगाडी ठुलो मूसा तेरस्याएर विरोध प्रदर्शन गरे पनि काम पनि निरन्तर गरिरहे । काममा कुनै वाधा पुर्याएनन् ।

अमेरिकाको न्युयोर्कमा विगत ४० बर्षदेखि मुसा राखेर कर्मचारीले सांकेतिक विरोध गर्दै आएका छन् । पहिलो पटक १९७६ मा न्युयोर्कमा यसरी प्रदर्शनी गरिएको हो । संकेतिक रुपमा मुसा रोखेर प्रदर्शन गर्ने पिगी एण्ड माइन ओ कोनरले यस्तो तरिका पहिलो पटक अपनाएका थिए । बिग स्काई बेलुन्स एण्ड सर्चलाईट इन्टरनेशनले यस्तो मुसा राख्ने डिजनाएन गरेको थियो ।

प्रदर्शनमा ६ फिट को मुसा देखि २५ फिटको सम्म राखिन्छ । जस्को दाम २ हजार डलरदेखि ९ हजार सम्म छ ।

प्रतिक्रिया