तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक

इनेप्लिज २०७६ साउन १६ गते १०:३२ मा प्रकाशित

नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा गायिका छनु गुरुङको स्वरमा रहेको तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक भएको छ । अमृत मरहठ्ठाको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको तीज गीत ‘छम छमी नाँचौन…’को भिडियो सार्वजनिक भएको हो ।

कमल राईले निर्देशन गरेको गीतको भिडियोमा छनुले नै कम्मर मर्काएकी छन् भने उनलाई नृत्य र अभिनयमा अमृतले साथ दिएका छन् । शिव ढकालले छाँयाकन गरेको भिडियोलाई तारा थापाले सम्पादन गरेका छन् ।

सुनबहादुर गुरुङले निर्माण गरेको गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । केही समय पहिला गायक प्रताप दासको साथमा ‘के पो भनम्ला…’ बोलको गीत’ बाट चर्चामा आएकी गायिका छनु गुरुङ’ले यो वर्षको तीजमा तीज गीत सङ्गीत प्रेमीहरुलाई र हिन्दू महिलाहरुको माहान् चाड तीजलाई मध्यनजर गर्दै ‘छमछमी नाचौंन…’ तीज गीत बजारमा ल्याएको र यसले आफ्ना अन्य गीतलाई जस्तै दर्शक÷स्रोताको माया पाउने बताइन ।

चलचित्रमा मेकअप आर्टिष्ट र गीतकारको रुपमा चर्चा कमाइरहेका अमृत मरहठ्ठाले तीजको गीतमा आफ्नो प्रथम प्रयास भएको भन्दै ‘सुनेर, हेरेर सल्लाह, सुझाब दिनुहोला’, भन्छन् ।

प्रतिक्रिया