अनिभेत्री अनु शाहको ‘यसैपाली नाँच्ने हो …’ सार्वजनिक

इनेप्लिज २०७६ साउन १५ गते १०:२३ मा प्रकाशित

तीजको छेकोमा तीजसम्बन्धी गीतहरु सामाजिक संजालमा पस्कने क्रम निकै बढेको छ । यसै बढ्ने क्रममा अभिनेत्री अनु शाहले अभिनय गरेको तीज गीत सार्वजनिक भएको छ ।

एक सोलो एल्बम् र तीन गीत यस अघि नै सार्वजनिक गरेकी गायिका कुसुम दाहालले यो तीजमा पनि यसैपाली नाँच्ने हो … बोलको गीत सार्वजनिक गरेकी छिन् । प्रवासमै बसेर पनि गीत गाउन सक्रिय कुसुम दाहालले एक वर्षअघि टिम अप गरेका गीतकार एवं संगीतकारहरुसँग मिलेर यस वर्षको तीजमा पनि तीज गीत सार्वजनिक गरेकी हुन् । गायिका कुसुम दाहाल भट्टराईको स्वरमा सजिएको गीतलाई यसपटक पनि दिग्गज धौरालीले लेखेका हुन् ।

अहिलेसम्म अघिल्लो वर्षको ‘६० हजारको साडी …’ बोलको गीतलाई करिब सात लाख सतासी हजार दर्शकले हेरेका छन् । दर्शकको साथ पाए आगामी हरेक तीजमा एउटा तीज गीतको कोसेली आफ्ना शुभचिन्तकहरुलाई दिने गायिका कुसुम दाहालले बताएकी छिन् । यसैपाली नाँच्ने हो .. बोलको यो वर्षको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् । प्रवासी गायिका दाहालको मिडियामा आएको यो चौथो गीत हो । यस अघि उनका दुई सुगम संगीत र एक तीज गीत रिलिज भएका छन् भने गत वर्ष नै ‘नव कुसुम’ नामक एकल म्युजिक एल्बम रिलिज भएको थियो ।

‘यसैपाली नाँच्ने हो ..’ बोलको गीतमा सिने अभिनेत्री अनु शाहले मोडलिङ गरेकी छिन् । उनलाई उमादेवी दाहाल र कोरशले साथ दिएका छन् । दीपक शर्माको संगीतमा नरेन्द्र वियोगीले एरेञ्ज गरेको गीतलाई गृष्मा भट्टराईले उत्पादन गरेकी हुन् । गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

प्रतिक्रिया