एपिक नेपाल म्युजिक अवार्ड २०७६ को आवेदन फारम खुल्यो

इनेप्लिज २०७६ साउन १५ गते १०:१७ मा प्रकाशित

“कला र गला संरक्षण हाम्रो अभियान , अग्रजलाई सम्मान नवलाई प्रोत्साहन” भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ काठमान्डाँैमा हुने भएको छ ।

अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप , लोकपप र काठे र देउडा समाबेश गरिएको आयोजकले जनाएको छ । २०७५ साल जेष्ठ १ गते देखी २०७६ असार मसान्त सम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिक प्रा.लिका अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डको फाईनल राजधानीमा सम्पन्न गरिने भएको छ । अवार्ड फाईनलको दिन नेपाली गीत सङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

साथै नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । आवेदन फारम एपिक नेपालको कार्यालयमा पाइने उनले जानकारी दिए ।

प्रतिक्रिया