कामरेड पुष्पलालको स्मृतिमा अन्तरसंवाद  सहित  ४१ औं  स्मृति दिवश  सम्पन्न

इनेप्लिज २०७६ साउन १५ गते २:१६ मा प्रकाशित

मितिः २०७६\०४\१४

प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव  कामरेड पुष्पलालको स्मृतिमा अन्तरसंवाद  सहित  ४१ औं  स्मृति दिवश  सम्पन्न गरिएको छ ।

समाजका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षतामा आयोजित  ‘समाजवाद निर्माण र पुष्पलाल’ विषयक अन्तरसंवाद  कार्यक्रममा  बर्तमान कम्युनिष्ट  आन्दोलनमा देखा परेका बैचारिक विचलन, पद, प्रतिष्ठा र पैसाका लागि  हुने गरेको  सिद्धान्तहिन  अराजकता, वर्गपक्षधरताको अभाव, स्तुति संस्कृतिको अन्त्य, नीति भन्दा नेता ठूलो मान्ने  र सेवा भन्दा स्वार्थ प्रधान  ठान्ने संस्कृति विरुद्धको लडाईँ तथा सुझाव, आलोचना र खवरदारीको नियमितताका विषयहरु उठाइएको सो कार्यक्रममा २६  जना वक्ताहरुले  आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा लोककृष्ण भट्टराई, स्वनाम साथी, साध्य बहादुर  भण्डारी,  लोकनारायण सुवेदी, श्याम श्रेष्ठ, गोपिरमण उपाध्याय,  विष्णुपुकार श्रेष्ठ, शुरेस कार्की,  मोहन बहादुर केसी,  अच्युत ज्ञवाली,  देवशंकर पौडेल,  राम बहादुर  भण्डारी,  किरण  मोक्तान,  बाबुराम गौतम,  किशोर अधिकारी,  कृष्णहरि भट्ट,  सिताराम घले परियार, नानीवावु बुढाथोकी, शेखर भट्टराई, रविनारायण खनाल, एकलाल श्रेष्ठ, लेखनाथ शर्मा,  रत्न जोशी,  किशन  शर्मा,  वोर्ण बहादुर कार्की लगायतका वक्ताहरुले कम्युनिष्ट  आन्दोलनमा  पुष्पलालले  गरेको  बहुआयामिक  योगदान बारे चर्चा  गर्नुभएको थियो ।

 

…………….

अध्यक्ष

लोक कृष्ण भट्टराई

प्रेस विज्ञप्ति जस्ता को तेस्तै :

 

प्रतिक्रिया