कतारबाट रमेश भट्टले आईसिसिको सदस्यमा उम्मेदवारी दिने

भोला थापा क्षत्री २०७६ साउन १४ गते १६:५५ मा प्रकाशित

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको मिति नजिकिदै गर्दा कतारबाट पनि उम्मेदवारी दिन थालेका छन ।

आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा एनआरएनए आइसीसीको विश्व सम्मेलन तथा महाधिबेशन हुँदै गर्दा एनआरएनए आइसीसीको सदस्यमा कतारबाट पनि व्यावसायी रमेश भट्टले आफ्नो  उम्मदेवारी दिने सामाजिक संजाल फेसबुक मार्फत जनाएका छन ।

भट्टले आफ्नो प्रतिवेदन जारी गर्दै “हामी मध्यपुर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्या्दित वैदेशिक रोजगारीको विषयमा रहने गरेकोछ । यस विषयमा हाल सम्मका प्रयासले उपलब्धिहरु प्राप्त भए पनि प्रयाप्त छैनन् । त्यसैले मैले आकाङ्क्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख योजना रहेको“ बताए ।

उनले थपे गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै मैले प्राप्त गरेको २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको एन आर एन ए आई सि सि टुरिजम प्रमोसन नेपालको उपसमितिको सदस्य, नेपाल ब्यबसायी संघ कतारको सहसचिब , विभिन्न सामाजिक जिल्ला संस्थाहरुको नेतृत्वको अनुभव समेत रहेको प्रतिवेदनमा उल्यख छ ।

यस्तो छ भट्टको प्रतिवेदन ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका आदरणीय पंजिकृत सदस्य ज्यूहरु, अग्रज तथा शुभेच्छुक महानुभावहरु,
नमस्कार ।
सर्वप्रथम मलाई गैरआवासीय नेपाली अभियानमा विगत देखि नै निरन्तर साथ, सहयोग र हौसला प्रदान गरिरहनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । रोजगारीको सिलसिलामा कतारमा रहदा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै मैले प्राप्त गरेको २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको रूपमा कार्य गर्ने अवसरलाई आफ्नो क्षमताले भ्याए सम्म संस्थागत र पद्धतिसंगत ढंङ्गले काम गर्ने प्रयास गरे ।

एन आर एन ए आई सि सि Tourism Promotion Nepal उपसमितिको सदस्य, नेपाल ब्यबसायी संघ कतारको सहसचिब , विभिन्न सामाजिक जिल्ला सस्थाहरुको नेतृत्वको अनुभव गर्दै यस क्रममा मैले हाँसिल गरेका अनुभवलाई संघ र समुदायकै सेवामा निरन्तर लगाउनु श्रेयकर ठान्दै गैरआवासीय नेपाली अभियानमा मेरो सक्रियतालाई निरन्तरता दिने सोचका साथ आगामी कार्यकाल २०१९–२०२१ को लागी आइसीसी सदस्यमा उम्मेदवारी घोषणा गरेको यहाँहरु सबैमा जानकारी गराउदछु । यसलाई यहाँहरुले सकरात्मकरुपमा नै लिइदिनु भएकोछ भन्ने विश्वास लिएकोछु ।

आज गैरआवासीय नेपाली अभियान सिङ्गो राष्ट्रले नै अपेक्षा गर्ने हैसियतमा स्थापित भइसकेकोछ । यसको सञ्जाल, कार्यक्षेत्र अनि स्थापनाका १६ वर्षमा यसले गरेका गतिविधिहरुले एनआरएनए अभियान अब वास्तवमा नै नेपाल र नेपालीको समृद्धिको बहाकको रूपमा अघि बढेको हो भन्ने प्रमाणित भइसकेको छ । एनआरएनए अभियानको यो उपलब्धिलाई कायम राख्दै प्रवासी नेपालीहरु र राष्ट्रको हितमा परिणाममुखि काम गर्न हामी सबैको सहकार्य अत्यन्त जरुरी रहन्छ । यस अभियानमा संलग्न भइरहेको नाताले आफ्नो स्थानबाट सकेको प्रयास गर्नु मेरो पनि दायित्व हो भन्ने सम्झेको छु ।

हामी मध्यपुर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्यादित वैदेशिक रोजगारीको विषयमा रहने गरेकोछ । यस विषयमा हाल सम्मका प्रयासले उपलब्धिहरु प्राप्त भए पनि प्रयाप्त छैनन् । त्यसैले मैले आकाङ्क्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख योजना रहेकोछ । त्यसबाहेक एनसीसीका कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नको लागि आवाश्यक भूमिका निर्वाह गर्ने, एनसीसीका मुद्धाहरुलाई आइसीसी र सम्बन्धित निकाय सम्म पुर्याएर आवाज उठाउने, समाधानका लागि पहल गर्ने कार्यहरूमा विशेष भूमिका खेल्नेछु।

मैले निरन्तर पाइरहेको कतारबासी गैरआवासीय नेपाली महानुभावहरुको साथ र सहयोग यस पटक पनि रहनेछ र आशन्न निर्वाचनबाट मलाई आइसीसी सदस्यमा चयन गर्नु हुनेछ भन्ने विश्वास सहित सबैमा विनम्र अनुरोध गर्दछु ।

धन्यवाद ।

रमेश भट्ट
उम्मेदवार,
आइसीसी सदस्य २०१९– २०२१ ।

प्रतिक्रिया