सोमबार, भदौ ३० २०७६
काठमाडौं ००:१०
वासिङटन डिसी 14:25

दश करोड बढी क्यापिटल वान क्रोडिट कार्डको सुचना चोरी

क्रेडिट कार्डवालाको फोन नंं, ईमेल, जन्म मिति, वार्षिक आम्दानी, क्रेडिट स्कोर, क्रेडिट लिमिट र पेमेन्टको ईतिहासको सुचना चोरी

यादवराज जोशी २०७६ साउन १४ गते ०:५७ मा प्रकाशित

 

यादवराज जोशी ,क्यापिटल वान क्रोडिट कार्डको सुचना संकलन प्रणालीमा घुसपैठ गरेर कसैले १० करोड व्यक्तिको सुचना चोरी गरेको छ । सन् २००५ देखि सन २०१९ को सुरुमा क्रेडिट कार्ड लिएका १० करोड बढी अमेरिका र क्यानडाका व्यक्तिको सुचना चोरिएको हो ।

क्यापिटल वानले जनाए अनुसार, चोरी गर्ने ब्यक्तिले क्रेडिट कार्डवालाको सम्पर्क ठेगाना (भौगोलिक ठेगाना, फोन नंं, ईमेल, जन्म मिति, स्व घोषित वार्षिक आम्दानी), क्रेडिट स्कोर, क्रेडिट लिमिट र पेमेन्टको ईतिहासको सुचना चोरेको छ । यसैगरी, सन् २०१६, २०१७ र २०१८ का २३ दिनको ट्राज्याक्सन विवरण पनि चोरी भएको छ ।

एकलाख ४० हजार प्रयोगकर्ताको सोसिएल सेक्युरिटी नम्बर समेत चोरी भएको छ । ८० हजार मानिसको क्रेडिट कार्डसंग समावेस बैंक एकाउन्ट पनि चोरी भएको छ । क्यानडाका १० लाख मानिसको सोसियल इन्सोरेन्स नम्बर समेत चोरीमा समावेस छ ।

क्यापिटल वानले एक विज्ञप्ति प्रकासित गरी, क्रेडिट कार्डका सुचना चोरी भएका ग्राहकसंग विभिन्न माध्यमबाट सम्पर्क गरिने जनाएको छ । कम्पनीले साईबर सुरक्षा प्रणाली अझ मजबुत गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया