शुक्रबार, असोज ३ २०७६
काठमाडौं १८:१३
वासिङटन डिसी 08:28

अमेरिका नेपाल सहयोगी समाजको नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ साउन १२ गते १९:५४ मा प्रकाशित

डिसी, अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस) को आयोजनामा गत जुलाई २७ शनिबार का दिन नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली समुदायले बिशेष लाभ उठाउन भन्ने हेतुले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । नेपाली समुदायको लागि नेपाली चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण बाट सयौ नेपाली समुदायले लाभ उठाएका छन् ।

नेपालबाट आफ्ना परिवार तथा सन्तानलाई भेट्न आएका आमाबुवा ,हजुरबुवा हजुरआमा तथा अमेरिकामा बिमा नभएका नेपाली समुदायले एक दिवसीय शिविरको लाभ उठाएका छन् । उक्त स्वास्थ्य परीक्षण कार्यक्रममा सामान्य जाच ,रगत परिक्षण अन्तर्गत मधुमेयको जाँच कोलेस्टेरोल लगायत अन्य स्वास्थ्य सम्बन्धि परीक्षण समेत नि:शुल्क प्रदान गरिएको थियो ।

सन् २००८ मा डिसी क्षेत्रमा स्थापना भएको अमेरिका कै क्रियाशील संस्था मध्ये कै समाज सेवामा अग्रणी भूमिका निर्वाह गर्दै नेपाली समुदायमा निकै लोकप्रिय रहेको छ । उक्त स्वास्थ्य शिविरमा चिकित्सकहरुमा लिली केसी,मनिष बस्ताकोटी ,जेरी लि ,कन्सट्यांनटाईन चियेनकु लगायत गरिमा पोख्रेल तथा युसेबियो फ्लोरेसले सहयोग गरेका थिए ।

संस्थाका अध्यक्ष केदार तिम्सिनाले संस्थाको बार्षिक कार्यतालिका भएकोले हरेक बर्ष यसलाई लाभ उठाउन नेपाली समुदायलाई आग्रह गरेका छन् भने संरक्षक मधु पन्थीले यो सेवा समुदाय कै लागि समर्पित रहेको बताए ।

प्रतिक्रिया