“हर हर महादेव” भन्दै आईन सहिमा श्रेष्ठ(भिडियो सहित)

इनेप्लिज २०७६ साउन १२ गते १३:१३ मा प्रकाशित


काठमाडौँ : चर्चित गायिका सहिमा श्रेष्ठको “हर हर महादेव” सार्बजनिक भएको छ । पछिल्लो समय एक पछि अर्को हिट नेपाली गीतहरु पस्केर नेपाली सांगीतिक बजारमा सर्बाधिक चर्चित बन्न सफल गायिका सहिमा यति बेला देश विदेशमा हुने सांगीतिक कार्यक्रम, मेला महोत्सबमा ब्यस्त रहेकी छिन । नेपाली गीत संगीतका क्षेत्रमा चिनिएको नाम हो – सहिमा श्रेष्ठ । सुरिलो स्वरकी धनी सहिमा चलचित्रको पार्श्व गायनदेखि आधुनिक गीतमा बेग्लै पहिचान बनाउन सफल छिन् । लोक संगीतमा पनि विशेष रुची राख्ने सहमिाले हरेक वर्ष तीजमा पर्व गीत लिएर उपस्थित हुने गरेकी छिन् ।

यो वर्षको हरितालिका तीज नजिकिदै गर्दा सहिमाले नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । उनले गीत मार्फत यो वर्षको तीजमा केहि त होलाकी भन्ने आशय ब्यक्त गरेकी छिन् । गीत मार्फत गायिका सहिमाले कयौं तीजमा ब्रत बस्दा पनि कोहि साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिंन्दुर भरिदिने कोहि आईदेउ भन्दै आग्रह गरेकी छिन् ।

शनिबार राजधानीमा एक भब्य कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको गीत गीतकार अमर वान्तुले लेखेका हुन् । सार्वजनिक गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् । गीतमा कृष्ण पुनको संगीत संयोजन रहेको छ ।

सार्वजनिक गीतमो म्यूजिक भिडियोमा अभिनेत्री नीता ढुङ्गानाका साथमा गायिका श्रेष्ठले अभिनय गरेका छन् । पवित्रा आचार्यले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा कोरियोग्राफी पनि पवित्राकै रहेको छ । रामकृष्ण कार्कीले निर्माण गरेको म्यूजिक भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रतिक्रिया