तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन…’ सार्वजनिक

इनेप्लिज २०७६ साउन १२ गते ११:५५ मा प्रकाशित

नब गायिका तारा नुमिहाङ्ग राईको स्वरमा रहेको गीत ‘मुटु किन…’ सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

फूलचन्द्रमा एल्बममा रहेको गीत ‘मुटु किन…’को भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल आकाश श्रेष्ठ र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

शम्भु राईले निर्माण गरेको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन भने सम्पादन विकास धमलाले गरेका छन् ।गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ पस्किएका छौ, यसले सबैको मन जित्नेमा हामी आशावादी छौ’, सङ्गीतकार हरि लम्सालले भने ।

प्रतिक्रिया