सोमबार, भदौ ३० २०७६
काठमाडौं ०२:१४
वासिङटन डिसी 16:29

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) को सूचना

इनेप्लिज २०७६ साउन ११ गते २२:०८ मा प्रकाशित

आदरणीय सदस्यज्युहरू र स्वयंसेवकज्युहरू

सर्बप्रथम सप्ताह सफल बनाउनका लागि यहाँहरूको सहयोगको लागि सबै दानकर्ता / सदस्य, स्वयंसेवकहरू प्रति हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं। नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) निर्माणको लागि एक ठूलो रकम कोष संकलन गर्न हामी सप्ताह मार्फ़त सक्षम भएको कुरा सर्बविदितै छ । NACC निर्माणको लागि हाम्रो अभियान तीब्र गतिमा जारी छ र यसको सदस्यता संख्या दिन प्रतिदिन विस्तार हुँदैछ।

हामीले सप्ताहको समापनमा प्रतिज्ञा गरेका थियौँ, हामी NACC का सदस्यहरू र स्वयंसेवकहरूलाई सम्मान गर्नेछौ।
सो वाचा अनुसार NACC को सदस्य र स्वयंसेवकज्युहरूको सम्मान, संस्थाको विनियममा केही संशोधन र यो अभियानलाई अगाडि बढाउन तदर्थ समितिहरूको चयन गर्ने समेत प्रयोजनका लागि निम्न मिति समय र स्थानमा NACC को साधारण सभा राखिएको हुँदा समस्त सदस्यज्यूहरूलाई सो सभामा उपस्थित भईदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ ।

सो सभालाई सदस्यता बिस्तारको लागि पनि उपयोग गर्ने हाम्रो उद्देश्य छ । त्यसैले सदस्यता लिन छुट्नु भएका यहाँको परिवार र मित्रता सर्कलमा हुनुहुने सम्भावित सदस्य महानुभावहरूलाई समेत लिएर आउनु भई यो छुटमा सदस्यता बितरण हुने अबधि (१४ अगष्ट भित्र) सदस्य बन्न अभिप्रेरित गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।

कार्यक्रम:
मिति 11, August 201 9
समय 1:30 – 6.00 PM
स्थान: SV Lotus Temple
12501 Braddock Road
Fairfax, VA 22030

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) कालागि अगुवा स्वयंसेवकहरू. !!

 

प्रतिक्रिया