झल्कियो प्रवासी भुमिमा तिजको रहर ”सिरी सिरी बतासैले” बिदेशी चेलीहरु पनि कम्मर कसेर नाचे (भिडियो सहित)

इनेप्लिज २०७६ साउन ११ गते १४:५५ मा प्रकाशित

युके,

नेपाली तीज पर्व नजिकिए संगै तीजका गीतहरु आउने क्रम एकदमै बढ्दो छ। यसै पर्वलाई रमाइलो बनाउनको लागी कलाकारहरुले तीज गीतहरु सार्वजनिक गरिरहेका छन । त्यस्तै प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो। प्रबासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्याे सम्मानयोग्य रहन्छ। आजकल र्‍याप, पप र आधुनिक गीत, संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो ।

लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन। सोही क्रममा गायक बञ्जाडे र गायिका जमुना रानाको सुमधुर आवाजमा हिन्दु नेपाली नारीहरूको तीजको अवसर पारेर एकदमै रमाइलो तिज कोसेली “सिरिसिरी बतासैले” स्कटनेपाल अनलाइन युटुब मार्फत बजारमा सार्बजनिक गरेको छ।

उक्त भिडियोमा शब्द र संगीत बिष्णु बन्जाडेको रहेको छ भनि अभिनयमा बिष्णु बन्जाडे लगायत सिक्षा पौडेल रहेको देखिन्छ। टिका अधिकारीले छायाँकन गरेको भिडियोलाई बिष्णु बन्जाडे / जानकी सिंजालीले निर्देशन गरेका हुन भने टिका अधिकारीले सम्पादन गरेका हुन। गीत सार्वजनिक भए पछि निमार्ण युनिटले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

एल्बम सिरिसिरी बतासैले , स्वोर जमुना राना /बिष्णु बन्जाडे , शब्द बिष्णु बन्जाडे , संगीत संकलन बिष्णु बन्जाडे , अभिनय शीक्षा/बिष्णु , एरेन्ज धीरज पाल्पाली।

हेरौ उक्त भिडियो।

प्रतिक्रिया