पहिलो पटक अमेरिका वा बिदेश भ्रमण गर्नेहरूको लागि :

महेश भट्टराई ,मेरिल्याण्ड, २०७६ साउन ११ गते १३:४४ मा प्रकाशित

 

महेश भट्टराई ,मेरिल्याण्ड,

नया ठाऊ, नचिनेका मानिस, नजानेको भाषा, बिदेश भ्रमण सजिलो पक्कै छैन । त्यसैले बिदेश भ्रमण गर्दा आफन्त र साथीभाई लाई राम्ररी गाइड नगर्दा धेरै दुख पाएको घटनाहरू सुन्नमा आउछ ।

सबैले जानेको बुझेको सामान्य लाग्ने यी कुराहरू नबुझाउदा आफन्तले दुख पाउछन ।

केहि सुझाव/सल्लाह :

बिदेश भ्रमण वा flight गर्दा

१ . मिले सम्म सिधा वा कम समयमा पुग्ने उडान बुक गर्ने ।
२ . Transit समय कम भएको बुक गर्ने ।
३ . सके सम्म फरक Terminal भएको Transit मा बुक नगर्ने, भएमा राम्ररी बुझाउने ।
४ . नेपाली धेरै कामदार भएकाले कतार लाई प्राथमिकतामा राख्ने ।
५ . Carry on bag सानो र हल्का राख्ने ।
६ . अमेरिका जाने भनेर कुनै खानेकुरा, निठाई, रोटी, अचार नबोक्ने र सबै बिदेशमा पाइन्छ भन्ने कुरा संझाउने ।
७ . Airport check in airline, ticket and boarding pass process बारे राम्ररी संझाउने
८ . बाथरूम प्रयोग र खाना बारेमा राम्ररी संझाउने
९ . Call/Assistant light, fan, TV बटनहरू बारे बताउने
१० . Wheel chair मा बस्दा कहां कसरी लिन र छोड्न आउछ, राख्छ बताउने
११ . अमेरिका भित्र प्रथम पटक जादा भिषा प्रक्रिया बारे राम्ररी बताउने
१२ . भिषा processing को लागि बिध्यार्थि, टुरिष्ट,ग्रिन कार्ड, सिटिजनको लाइन र कोठा फरक हुने कुरा राम्ररी बताउने । हराउने, झुक्किने शंभावना धेरै हुन्छ ।
१३ . सके सम्म अमेरिका भित्रै अर्को connecting flight बुक नगर्ने ।
१४ . यदि connecting flight भएमा भिषा लागे पछि सबै सामान बुझेर अर्को प्लेनमा आफैले बुझाउनु पर्छ भन्ने कुरा राम्ररी बुझाउने ।
१५ . लगेज कार्टमा राखेर गुडाउने र भाडामा लिनु पर्छ भन्ने कुरा बुझाउने ।
१६. No English,Translation, phone contact list, Address चिट दिने ।
१७ .Wifi जोड्न र हराएमा कहा, कसरी, कसलाई फोन गर्ने वा फोन माग्न वा सहयोग माग्न राम्ररी सिकाउने ।
१८ . सहयोग चाहिएमा वा फोन गर्नु परेमा customer service जान सिकाउने !
१९ . Exit को लागि passengers को पछि लागेमा सजिलै बाहिर जाने ढोका सम्म पुग्न सकिने बारे बताउने ।
२० . गेट नम्बर र ढोका भित्र बस्न सिकाउने ।
२१ . Passport, Visa, बारे बुझाउने ।
२२ . यदि बिरामी बाबुआमा भए Traveling health Insurance गर्ने ।
२३ . Medicine, केहि नगद दिन नभुल्ने ।

Internal flight:

१ . प्लेनको नाम, गेट र जोन नम्बर टिकट र board मा हेर्न र सोध्न सिकाउने ।
२ . Carry on bag liquid 100ml and solid 3.4 ounce or less मात्र, No food ।
३ . ID or passport and ticket security check point मा हातमा लिन सिकाउने ।
४ . Check in online गरि दिने र मिले सम्म widow seat लिने ।
५ . Boarding pass and tickets को फोटो खिचेर फोनमा राख्न सिकाउने ।
६ . जिप लक Transparent ब्यागमा Liquid सामान राखि दिने ।
७ . Airlines नियम बारे बुझ्ने र आबस्यकता अनुसार संझाउने ।
८ . सेक्युरिटीमा गहना गुरिया कम वा नलगाउने ।
९ . कम्तिमा पनि २ घन्टा अगाडि पुर्याउने ।
१० . प्लेनमा केहि खान दिदैन भनि बताउने । हल्का स्नाक राखि दिने ।
११ . प्लेनमा जानु अगाडि बाथरूम जान सिकाउने ।
१२ .  पानीको खाली बोतल, स्बाथरूम बाहिर पानी भर्न सिकाउने ! वा किन्न कंजुस नहुन बताउने ।

१३ . Phone charger, air plugs, eye mask ब्यागमा राखि दिने ।
१४ . लिन र छोड्न जान नमिले ट्याक्सी वा उवर लिई घर आउन सिकाउने ।

घरमा आएर मिठो खुवाउने र बाटोका रमाइलो गफ गर्ने भन्न नपर्ने ! यी सबैले जानेका पढ्दा सामान्य र झिना मसिना लाग्ने साना कुराहरू नगर्दा आफन्तले धेरै दुख पाएका घटनाहरू धेरै सुनेका छौ । भै हाल्छ, चलि हाल्छ, आई हाल्नुन्छ जस्ता अनुमान गर्नु राम्रो होइन । पछुताउनु भन्दा सतर्कता अपनाउनु राम्रो ।राम्ररी नभन्ने र नसंझाउने दोष हामी जान्नेहरू कै हो ।

प्रतिक्रिया