आइतबार, कार्तिक ७ २०७८
काठमाडौं ०१:४६
वासिङटन डिसी 16:01

अमेरिकामा शरणार्थी बन्ने चाहना गर्नेलाई निरुत्साहित गर्न अमेरिका र ग्वाटेमाला बीच सम्झौता

इनेप्लिज २०७६ साउन ११ गते २:५३ मा प्रकाशित

अमेरिकामा आएर शरणार्थी बन्न चाहना राख्नेलाई निरुत्साहित गर्न अमेरिका र ग्वाटेमाला बीच सम्झौता भएको छ । वाशिंगटन डिसी स्थित व्हाइट हाउसमा जुलाई २६ शुक्रबारका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा ग्वाटेमाला सरकारका प्रतिनिधिहरु बीच सम्झौता भएको हो ।

अमेरिकाले मध्य अमेरिकन राष्ट्रहरुबाट अमेरिका आएर शरणार्थी बन्न चाहना राख्नेहरुका लागि न्युनतम गर्ने उद्धेश्यले सयुक्त राज्य अमेरिकाले दस्तखत गरेको हो ।

व्हाइट हाउस स्थित ओभल अफिस ( कार्यक्रम)मा मध्य अमेरिकन राष्ट्रबाट अमेरिकामा छिरेर शरणार्थीको दाबि गर्नेलाई ग्याटेमाला फर्काइने भएको जानकारी होमल्याण्ड सेक्युरिटी सचिव केविन म्याकलिननले दिएका छन् ।

होमल्याण्ड सेक्युरिटी सचिव म्याकलिननले यद्धपि शरणार्थीको लागि इच्छुक रहेकाहरु तस्करको हातमा पर्दै अमेरिकी सीमाको लागि यात्रा गर्छन र यदी उनीहरु शरणार्थीको लागी दाबी गर्छन भने पनि उनीहरुलाई ग्वाटेमाला फर्काइने छ ।

यो दुई देश बीच सम्झौता अगस्त देखि नै लागु हुने छ । शुक्रबार भएको सम्झौतामा व्हाइट हाउसले सुरक्षित तेश्रो सम्झौता भनेता पनि ग्वाटेमाला सरकारले वक्तब्यमा केही उल्लेख गरेका छैनन् ।

राष्ट्रपति ट्रम्पले “ग्वाटेमेलाको सन्दर्भमा हामीले धेरै गम्भीर कुरा देखिरहेका छौं भने । उनले गत बुधबार ग्वाटेमाला,होंडुरस र एल साल्भाडोर लाई रकम दिने कटौती गरेको बताएका थिए ।

श्रोत ; सिएनएन / तस्बिर एबिसी१५ एरिजोना

प्रतिक्रिया