शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०३:३८
वासिङटन डिसी 17:53

मेक्सिकोको पर्खालको लागि ट्रम्पको पक्षमा सर्वोच्च अदालतको निर्णय

इनेप्लिज २०७६ साउन ११ गते १:५९ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतले दक्षिणी सिमाना मेक्सिकोमा पर्खाल बनाउन ट्रम्पले माँग गरेको अढाई अर्ब डलर पेन्टागन कोष बाट लिने पक्षमा निर्णय गरेका छन् । अमेरिकामा सर्बोच्च अदालतमा ९ जना न्यायाधिस मध्ये ५ जना रिपब्लिकन पक्ष(रुढिवादी )का रहेकोले उनीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा बाटो खुला गरि दिएका हुन् । ४ जना डेमोक्रेटिक (उदारवाद )दल पक्षका र पूर्व राष्ट्रपति बाराक ओबामाले नियुक्त पनि गरेका छन् ।

यस बिषयमा न्यायाधिसको बहुमतमा ट्रम्पको पक्षमा परे पछि धेरै समय अगाडी देखि चर्चाको शिखरमा चुलिएको पर्खाल बनाउन रक्षा बिभागको पैसा पर्खाल बनाउन न्यायधिसहरुले निर्णय गरि दिएका छन् ।

ट्रम्पले सन् २०१६ देखि नै मेक्सिको पर्खाल बनाउने भनेको प्रतिबद्धता र चुनावी कार्यसूचीलाई फाइदा पुगेको छ । राष्ट्रपति ट्रम्पली मांग गरेको रकम कंग्रेसले कम रकम उपलब्ध गराएको थियो । र उनले रक्षा बिभाग बाट लिने भन्दै आई रहेका थिए । ५ जना न्यायधिसहरुले पर्खाल बनाउन २.५ अर्ब डलरलाई अनुमति दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा निर्णय हुने बित्तिकै खुसि व्यक्त गर्दै सामाजिक संजालमा आश्चर्य हुदै पर्खाल माथि ठूलो बिजयी भनि लेखेका छन् ।

प्रतिक्रिया