मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०१:०४
वासिङटन डिसी 15:19

” सरगम प्लस ” गायन प्रतियोगिताको लागि दरखास्त आव्हान

इनेप्लिज २०७६ साउन १० गते २१:०९ मा प्रकाशित

शिव बिष्ट, नर्थ क्यारोलिना ,जुलाई २५,२०१९

नेप्लिज एसोसियसन ईन साउथ ईष्ट -अमेरिका (नासा ) र एसोसियसन अफ नेप्लिज ईन मिड वेष्ट- अमेरिका (एन्मा)को आगामी १५ औँ संयूक्त सम्मेलन नजिकिदै गर्दा आयोजकहरु सम्मेलनलाई सफल पार्न अहोरात्र लागि परिरहेका छन् । हरेक बर्ष भव्यताका साथ सम्पन्न हुदै आइरहेको सम्मेलन यस बर्ष पनि बिबिध कार्यक्रमका साथ मनाउने तयारी भैरहेको कुरा आयोजक समितिका प्रमुख प्रशिम पौडेलले बताएका छन् । हाई पोइन्ट स्थित नेपालीहरुको साझा संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टरको आयोजनामा दोस्रो पटक सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको १५ भन्दा बढी राज्यहरुबाट प्रतिनिधिहरु सहभागीता जनाउने गरी तयारी भैरहेको कुरा नासाका अध्यक्ष माधव ढकालले बताएका छन् ।एन्माका अध्यक्ष बलराम पन्थीका अनुसार नेपाली कला र सस्कृतिको संरक्षण र प्रवर्दन गर्न र नेपाली तथा नेपालीभाषी बीचको भाईचाराका बृद्धिका लागि सम्मेलन कोशे ढुङ्गो साबित हुने कुरामा आफु बिस्वस्त रहेको कुरा बताउनु भएको छ ।

यस पटकको सम्मेलनमा नेपाली कला र संगीतको संरक्षण र प्रवर्धन गर्दै नयाँ पुस्तालाई नेपाली गीत र संगीत प्रति आकर्षित गर्न प्रथम पटक ” सरगम प्लस ” नामक गायन प्रतियोगिताको आयोजना हुदैछ । भनिन्छ, ” संगीतको न कुनै भाषा , न कुनै परिधि नै हुन्छ ” त्यसैले पनि होला , सात समुन्द्रपार पनि नेपालीहरुले आफ्नो भाषा , कला र संगीतप्रतिको मोहलाई अझ बढी चासोको रुपमा लिएकाले सो कार्यक्रम आयोजना गर्न लागिएको कुरा सो कार्यक्रमका संयोजक रोशन श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार रियालिटी सोहरु प्रति युवायुवतीहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गैरहेकोले सो गायन प्रतियोगिता गर्नुको औचित्य प्रस्ट्याएका छन् ।आफ्नो कार्यक्रमको बारेमा जानकारी दिदै उनले विभिन्न राज्यहरुबाट यस कार्यक्रमको बारेमा रुचि र चासो बढ्नुले पनि प्रतियोगिता सफल हुने कुरामा ढुक्क छन । अमेरिकाको करिब पन्ध्र राज्यहरुबाट नेपाली तथा नेपालीभाषी भुटानीहरु सहभागिता हुने सो सम्मेलनमा प्रत्यक्ष्य रुपमा बृहत मन्चमा सम्पन्न हुने सो गायन प्रतियोगिताले नेपाली गीत संगीत प्रति अमेरिकामा रहेका युवा पिढीलाई निरन्तर लागिरहन प्रेरणा दिने कुरा समेत बताएका छन् । ” । ” सरगम प्लस ” ” नामांकरण गरिएको सो प्रतिस्पर्धा आगामी अगस्ट ३१ तारिक शनिबारका दिन अमेरिकामा नर्थ क्यारोलिना राज्यको सुन्दर शहर विन्स्टन- सेलमको होटल मेरियटको कन्भेन्सन सेन्टरमा फिनाले हुने भएकोले सहभा कार्यक्रमका संयोजक रोशन श्रेष्ठले बताएका छन् । कन्भेन्सनको अधिकारिक वेबपेज www.jointconvention.org   मा कार्यक्रमको बारेमा पूर्ण जानकारी राखिएको समेत बताए ।नाम दर्ता गरि सकेपछि प्रतियोगीहरुले आफ्नो प्रतियोगी शृजना भिडियो क्लिपको रुपमा पठाउन सक्नेछन् र प्राप्त शृजनाहरुबाट उत्कृस्टहरु छनौट गरेर प्रत्यक्ष्य रुपमा प्रतिस्प्रधात्मक रुपमा प्रस्तुत गर्न लगिने कुरा श्रेष्ठले बताएका छन् । साथै सो प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने प्रतियोगीहरुलाई नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कुरा उनले बताए ।

नासा /अन्मा पन्धौं सम्मेलनको एउटा आकर्षक कार्यक्रमको रुपमा हेरिएको ‘ । ” सरगम प्लस ” ‘ म्युजिकल ट्यालेन्ट हन्ट प्रतियोगिताको लागि नेपाली सांगीतिक क्षेत्रका चार सदस्सीय गायक/श्रस्टाहरुको निर्णायक मण्डल समेत गठन भैसकेका छन् । गठित निर्णायक मण्डलमा नेपाली आधुनिक गीत संगीतका बरिस्ट गायक रविन शर्मा,नेपाली सास्त्रीय संगीतका सर्जक तथा गायक श्याम सुन्दर आचार्य, आधुनिक तथा पप गाएकद्वय हरिश माथेमा र सुनिल उप्रेती रहेका छन ।

साथै सो सम्मेलनमा हरेक बर्ष हुदै आइरहेको साहित्यिक कार्यक्रम तथा कविता प्रतियोगिता पनि आयोजना हुन लागिरहेको कुरा सो समितिका संयोजक शिखर दुलालले बताएका छन् । सो प्रतियोगितामा बिजेता हुनेले नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गर्ने हुदा समयमा नै सम्पर्क गर्नु हुन दुलालले जानकारी गराएका छन् । स्मरण रहोस , यस पटकको सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपालबाट चर्चित गायीका तथा नेपाल आइडलकि निर्णायक इन्दिरा जोशी आउने कुरा आयोजकले बताएका छन् । साथै साँस्कृतिक तथा सांगेतिक कार्यक्रम सन्चालन गर्ने जिम्मेवारी लिएका बिशाल भारतीका अनुसार बिगतमा झैँ यस पटक पनि आफु लागिपरिरहेको बताएका छन् । सो सांगेतिक कार्यक्रममा गायक बशन्त खड्का र प्रदिप घिमिरेको नयाँ गीतको बिमोचन गर्न लागिएको कुरा समेत गाएकद्वयले बताएका छन्।

प्रतिक्रिया