निर्मल दाहालको डेब्यु गीत ‘जव घाम ढल्छ’ सार्वजनिक भएको छ । संसार छोडेकी मायालुको यादमा पिडामा रहेका एक प्रेमीको कथामा आधारित उक्त गीत बिभिन्न सञ्चारमाध्यम र युट्युवबाट एकैसाथ सार्वजनिक गरिएको । उक्त गीतमा गीतमा नविन के भट्टराईको संगीत रहेको छ । गायक दाहाललाई संगीतकार भट्टराईले उपहार स्वरूप प्रदान गरेका हुन् ।
रोशन सुबेदीको शब्द रहेको गीतको संगीत संयोजन विशाल पौडेलले गरेका हुन् । एलिजा बस्नेत र गायक स्वयम् को अभिनय रहेको भिडियोले गीतको भावनालाई न्याय गरेको छ । ज्ञानेन्द्र शर्माले निर्देशन तथा छायांकन गरेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया