स्कुल बसमा लागूऔषध र नक्कली नोट बोक्ने चालक नियन्त्रणमा

इनेप्लिज २०७६ साउन १० गते ८:२८ मा प्रकाशित

काठमाडौँ, १० साउन । स्कुल बसमा लागूऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ।

शुक्रबार बिहान साढे ८ बजे कपिलवस्तुको मायादेवी नगरपालिका–४ को पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नं. को पिस ग्लोबल इंग्लिस बोर्डिङ स्कुल बसमा लागूऔषध र नक्कली नोट भेटिएको हो ।

विशेष सूचनाका आधारमा खटिएको सादा पोसाकको प्रहरी टोलीले चेकजाँचका क्रममा बसको टुलबक्समा १० पोका खौरो हेरोइन, पाँच सयका नक्कली नोट ८८ थान बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले बसका चालक मायादेवी नगरपालिका ८ बरकुल बस्ने २६ वर्षीय देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया