छमछमी नचाउने सर्मिलाको तिज गीत ‘नाचौ दिदी बहिनी’

इनेप्लिज २०७६ साउन ९ गते २१:४९ मा प्रकाशित

काठमाडौं – चर्चित गीतकार गायत्री थापा र सर्मिला गुरुङले तिज गीत ‘नाचौ दिदी बहिनी’ ल्याएका छन् । गायत्री थापाकै शब्द रहेको गीतमा सर्मिलालाई स्वरमा राधा हमाल बाँनियाले साथ दिएक िछन् ।

लोक शैलीमा तयार भएको गीतमा शब्दहरु सिम्पल तथा अर्थ पुर्ण छन् । पछिल्लो समय तिज गीतमा बिभिन्न खालका तडक भडकका शब्द प्रयोग गरेर ल्याइने गरेको छ । तर ‘नाचौ दिदी बहिनी’मा सानादेखि बृद्धसम्मले मन पराउने, बुझ्ने खालका शब्द छन् । गीत सबैको रोजाइमा पर्ने गीतकार गायत्री थापाको दाबी रहेको छ ।

नेपाली संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’बाट केही पहिले विभूषित समेत भएकी थिइन् । गीतको भिडियो पनि आकर्षक बनेको छ । ऋचा थापा र अलिसा खत्रीको नृत्य रहेको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन् ।

उक्त भिडियो हेर्न तल क्लिक गर्नुहोस :

https://youtu.be/PJALrfjygFc

 

प्रतिक्रिया