एनआरएनए वेलायतको महासचिवमा मैनालीको उम्मेदवारी घोषणा
रोशन मेवाहाङ / इनेप्लिज डट कम–
२०७६ साउन ९ गते १५:४५ मा प्रकाशित

रोशन मेवाहाङ / इनेप्लिज डट कम–
लण्डन, साउन ९। ग़ैर–आवासीय नेपाली सँग,वेलायतको आगमी अधिवेशनमा महासचिव पदकाकालागि बलराम मैनालीले उम्मेदवार हुने ईच्छा व्यक्त गरेका छन्।
काभ्रे रोशी गाँउ पालिका वडा नंम्बर ७ का मैनाली हाल लण्डनस्थित हन्सलोमा परिवार सहित बसोबास छन्। त्रिभुवन विश्व विद्यालयबाट राजनीतिक शास्त्रमा स्नातक गरेका बलरामले नेपालको राजनीतिक अराजकता देखे पछि सन् २०१० मा वेलायत आएका हुन्। पत्रकारीतामा रुचि राख्ने मैनालीले साप्ताहिक पत्रिका अन्नपूर्ण र कान्तिपुरमा समेत आफ्नो लेख लेखेका अनुभव बताए। नेपाली सांगीतिक आकाशमा पनि उनको त्त्यतिकै रुचि भएका पत्रकार मैनालीले आफ्नो स्वरमा रेडियो नेपालबाट विक्रम संवत् २०५६ सालमा आफ्नै शव्द रचनामा पूर्वेली लोक भाकामा संगीत भरिएको ‘चौतारीमा बसन रहर रसिखोलामा, हास खेल गरौन दुई दिने चोलामा।’ पहिलो गीत रेकर्ड गर्न सफल भएका थिए।

ग़ैर–आवासीय नेपाली सँग, वेलायत जातिय रंगभेद र राजनीतिक परिवेश तिर लम्किरहेका कारण मैनालीले संस्थाको महासचिव जस्तो गरिमामय पदमा घोषणा–पत्र वुँदागद रुपमा पत्रकार संम्मेलन गर्दै सार्वजनिक गर्ने बताए। उनका योजनाहरु निम्न किसिमका छन – ( १ ) संस्थागत सुधार, ( २ ) बैकल्पिक उम्मेदवार, ( ३ ) नयाँ युवा आवाज , ( ४ ) जातिय र राजनितिक चलखेल रोक्न, ( ५ ) अराजक सामाजिक संस्थाको चन्दा आतंक, ( ६ ) च्यारेटि सहीद् क्रान्तिकारि बनाउने ।
वेलायतवासी नेपालीहरुको भनाई– ‘सदस्यताको शुल्क तिरेको करिब दुई बर्ष हुन लाग्यो अझै सदस्यता कार्डको पर्खाइमा बसिरहेका छौ। एनआरएनएहरुले सदस्य शुल्क तिरे बापत कस्ता सेवा र सुविधा पाउछौ ? हामी नागरिकहरुलाई कहिले सम्म झुक्काईरहने?’
प्रतिक्रिया