आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:०८
वासिङटन डिसी 09:23

न्युयोर्कमा नेपाली भौतिक शास्त्रिहरुको दोस्रो सम्मेलन सम्पन्न

इनेप्लिज २०७६ साउन ९ गते १:३१ मा प्रकाशित

अमेरिकामा रहेका नेपाली मूलका भौतिक शास्त्रिहरुको संगठन, एन्पा (ANPA-Association of Nepali Physicists in America) द्वारा आयोजित कार्यक्रम “एन्पा सम्मेलन २०१९ (ANPA Conference 2019)” जुलाई १९-२१ मा सम्पन्न भएको छ । अमेरिकामा रहेका नेपाली भौतिक शास्त्रीहरुलाई संगठित गरी आफ्नो समुदाय बीच अध्ययन र अनुसन्धानको अनुभब आदान प्रदान गर्न, नेपालमा अनुसन्धानको लागि बौद्धिक एवं अन्य स्रोत उपलब्ध गर्न, र नेपालबाट उच्च शिक्षा हासिल गर्न अमेरिका आउने नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्न जस्ता उद्देश्य ले सन् २०१८ मा यो संस्था स्थापना भएको थियो ।

हालै सम्पन्न सम्मेलनमा अमेरिका, क्यानाडा, नेपाल, स्विजरलाण्ड एबं दक्षिण कोरियामा रहेका करीब ५० बैज्ञानिकहरुले आफ्नो अनुसन्धान बारे सोधपत्र (research paper) प्रस्तुत गर्नु भएको थियो। उक्त सम्मेलन प्रत्यक्ष्य उपस्थित भएर अथवा अन-लाइन मार्फत सहभागी हुन मिल्ने गरि आयोजना गरिएको थियो ।

अन-लाइन सहभागीताको लागि WebEx को प्रयोग गरिएको थियो भने on-site सम्मेलन न्युयोर्कको ब्रुकलिन कलेज (Brooklyn College) मा भएको थियो । सबै प्रस्तुतिहरु WebEx र Facebook मार्फत प्रत्यक्ष्य प्रसारण गरिएका थिए। न्युयोर्क, वेस्ट भर्जिनिया, पेनसेल्भीनिया तथा म्यसाचुसेट्स बाट आउनु भएका भौतिक शास्त्रीहरुले आफ्नो सोधपत्र प्रस्तुत गर्नु भएको Brooklyn College को स्थलगत सम्मेलन उक्त कलेजका भौतिक शास्त्र विभागका प्रमुख प्रोफेसर मिम लाल नकर्मीले ब्यबस्थापन गर्नु भएको थियो भने सम्मेलनको कार्यक्रम संचालन न्युयोर्क युनिभर्सिटी (New York University) मा कार्यरत डा. नरेश शाक्यले गर्नुभएको थियो। सोहि अबसरमा न्युयोर्क स्थित नेपाली महाबाणिज्यदुत पुष्पराज भट्टराईले नेपाल सरकारबाट भर्खरै सुरु गरिएको Brain Gain Center (BGC) को बारेमा बिशेष प्रस्तुति दिनु भएको थियो। विदेशमा रहेका नेपाली विज्ञहरुको ज्ञान र शिपलाई नेपालको विकास र सम्वृद्धि्मा सहयोग पुर्याउन सरकारी तवर बाट BGC को सुरुवात गरिएको जानकारी दिंदै उक्त सेन्टरमा आबद्ध हुन अनुरोध गर्नुभयो ।

यसै सम्मेलनको दोश्रो दिन जुलाई २० मा संस्थाको बार्षिक साधारण सभा पनि ब्रुकलिन कलेजमा र अनलाइन मार्फत सम्पन्न भयो। उक्त सभामा संस्थाका सचिब डा. सी आर भट्टले संस्थाको उद्देश्य,वर्ष भरि गरिएका सम्पूर्ण कार्यक्रमहरु र भविष्यको योजना बारे प्रस्तुत गर्नुभएको थियो । उक्त सभामा उपस्थितहरुको तर्फबाट प्राध्यापक मिम लाल नकर्मी, डा. नरेश शाक्य, डा. नबिन मालाकार , प्रदीप निरौला, यमुना पौडेल आदिले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो। अन्तमा संस्थाका अध्यक्ष्य डा. श्री कृष्ण भट्टराईले संस्थाका गतिबिधिहरु बारे थप प्रस्ट पार्दै साधारण सभा समापन गर्नु भएको थियो।

उक्त सम्मेलनको तेश्रो दिन भर्खरै पढाई सकेका अथवा निकट भविष्यमा पढाई सक्ने योजनामा रहेका बिद्यार्थीहरुलाई मध्य नजर गरेर करिअर केन्द्रित कार्यक्रमको आयोजना गरिएको थियो जसमा शैक्षिक करिअर को लागि प्राध्यापक मिम लाल नकर्मी, उद्योग र अनुसन्धान केन्द्रहरुमा जागिर सम्भावना तथा प्रक्रियाको बारेमा क्रमश डा. राम ब. थापा र डा. पशुपति ढकालले प्रकाश पार्नु भएको थियो। उक्त कार्यक्रममा सहभागीहरुको लागि आफुलाई लागेको प्रश्न सोध्ने अनलाइन मार्फत पनि व्यवस्था पनि गरिएको थियो ।

यसपालीको सम्मेलनमा नेपालबाट पनि उल्लेखनिय सहभागिता थियो। त्रि. वि. भौतिकशास्त्र केन्द्रिय विभागबाट प्रा. डा. सीताराम ब्याहुत, प्रा. डा. राजु खनाल तथा केहि बिद्यार्थीहरु र डा. कपिल अधिकारी नेतृत्वको Pokhara Research Initiative (PRI) बाट थुप्रै बिद्यार्थीहरु सहभागि भएका थिए ।

ANPA ले आफ्नो सस्थापना काल देखिने नै प्रतेक वर्ष जुलाई महिनामा नेपाली बैज्ञानिकहरुको सम्मेलन आयोजना गर्दै आएको छ । यस्तै ANPA ले नियमित रुपमा Computer programming कक्षlहरु , मासिक रुपमा विभिन्न खोजमुलक सोधपत्र प्रस्तुत गर्ने जस्ता कामहरु आयोजना गर्दै आएको छ।

प्रतिक्रिया