के सामाजिक सन्जाल साचिकै हाउगुजी भए कै हो त?

इनेप्लिज २०७६ साउन ८ गते २२:१० मा प्रकाशित

मोहन घिमिरे ,यो अवस्य होइन । यस्मा कुनै सत्यता म देख्दिन । विश्वाका हस्ती राष्ट्रका नेताहरुको सुचनाको आधार भनेको सामाजिक सन्जाल हो । अमेरिकाको राष्ट्रपती, बेलायतको प्रधानमन्त्री, जर्मनी चान्सलर को सुचनाको आदान प्रधान सबै सामाजिक सन्जालबाट हुन्छ । अमेरिकि राष्ट्रपतिको अधिकारिक सुचना नै टविट हो । आजभोलि एमेलका पनि जमाना गए । ब्यक्तिगत सुचना मात्र होइन । समाजका बिक्रिती, बिसङ्गती, राम्रा नराम्रा कुरा सबै सामाजिक सन्जालले ओगटेको छ, जस्बाट समाज सुचित भएको देखिछ । तर सामाजिक सन्जाललाई कस्ले कसरि बुझ्यो वा बुझेकै छैन ।

यो कुरा चाँही हेर्नु महत्वपूर्ण होला जस्तो लाग्छ । केहीको बुझाईमा यो एउटा तस्बिर राख्ने भाडो हो, कसैको बुझाईमा यो चाडवाडका भिडियोहरु एक अर्कामा आदान प्रधान गर्ने एउटा मध्यम हो तर वास्तवविकता अवस्य त्यो मात्र होइन । सामाजिक सन्जाल भनेको समाजमा भएका राम्रा नराम्रा कुराहरु सुचित गर्ने एउटा समाजिक जालो हो । सामाजिक सन्जालमा राम्रा कुरा मात्र राख्नु पर्छ भन्नु मुर्खता हो जस्तो लाग्छ मलाई त ।

तस्बिरहरु पनि राम्रा राम्रा छानेर राख्नु पर्छ भन्ने दृष्टिकोण आफ्नु लागि साकारात्मक होला तर सामाजिक बिकासको लागि यो एउटा झुटको खेती हुन सक्छ । समाजमा भएका जस्ता पनि घटना सामाजिक सन्जालमा राख्दा समाजलाई अनुसन्धान गर्न एउटा राम्रो बाटो हुन सक्छ । सधैं राम्रा मात्र कुरा राख्दा समाजले नराम्रा घटना कहिले देख्ने त !! यो एउटा समाज बिकासको एउटा मात्र पाटो अगाडि बड्ने र अर्को पाटो फेरी पछाडि फर्केर लिएर जानु पर्ने हुन्छ तसर्थ समाजमा राम्रा नराम्रा दुबै कुरा सँगै लिएर जाँदा उपयुक्त होला । सामाजिक सन्जाल सुचनाको आधार हो । यस्लाई कसैले नकारात्मकरुपमा लिनु जरुरी छैन । मेरो बुझाईमा सामाजिक सन्जालमा राम्रा भन्दा नराम्रा कुरा आउनु अझ समाजको लागि समाज बुझ्ने मन्च हुन सक्ला ।

सधैं सबै राम्रो हुँदा नराम्रोको जानकारी कसरी लिने र कहिले लिने र समाजलाई सही कुरा दिने । नेपाली समाजमा देखिएको सामाजिक सन्जाल अरुको सधैं नराम्रो आफ्नु सधैं राम्रो देख्न रुचाउने शैली बाट बिकास भएको देखिछ । अरुको लागि सधैं नराम्रो पोस्ट गर्न रुचाउने आफ्नु सधैं राम्रो पोस्ट गरेकोमा रमाउने। यो नितान्त आफ्नु पक्षको बनाउन खोजिएको सन्जाल जस्लाई सामाजिक सन्जाल भनिदैन । यो एउटा ब्यक्तिगत सन्जालको प्रयास मात्र हो । हुन त आज पुर्विया र पश्चिमी सभ्यताको बिचमा बुझाईमा लडाईं देखिछ । जस्ले विस्वलाई नै २ धुर्बमा बिभाजित गर्न खोज्दैछ । हामी पश्चिमा मुलुकमा बस्ने मानिसहरु जो पुर्बिया सभ्यताबाट आएकाछौ यस्ले हामीइलाई दोधारमा पारेकोछ ।

पुर्बिय सभाय्ता सधैं लुकाउने सभाय्ता भएर देखियो (जस्तै गायत्री मन्त्र अरुलाई सुनाउनु हुन्न भन्ने बिचार,भाइ फुटे गवार लुटे भन्ने बुझाई, पारिवारिक गोपनियता) तर आर्कोतिर पश्चिमा सभ्यता खुल्ला आकाश जस्तो देखियो । पश्चिमा सभ्यतामा सधैं खुल्लापन नै देखियो । कसैले पश्चिमा मुलुकमा अपराध गर्यो भने अपराधबाट भाग्न खोज्छन तर अपराध लुकाउदैनन । अदालतमा बयान गर्दा झुटा बोलेको देखिदैन । कानुनब्याबसायीले वकालत गर्ने क्रममा पनि केवल कानुन, सम्विधान, नियम, नजिर र सन्धिको व्याख्या गर्ने काम गर्द्छन , तेसैले पश्चिमा मुलुकमा वकिलको हैसियत डाक्टर, राजनीति गर्ने मान्छे , इन्जिनियर भन्दा माथि छ । तर पुर्विया सभ्यतामा संलग्न देशहरु जस्तै नेपालमा वकिलको भूमिकामा प्रश्नकिन्न आउछ ।अमेरिकाको अदालतमा वकिलले अपराधिलाई झुट बयान गराएर अपराधीलाई सहयोग गरेको पाइदैन ।

उल्टो सरकारलाई सहयोग गरेको पाइन्छ । अमेरिकि समाजमा प्राय झुटा बोलेको झुटा काम गरेको भेटिदैन तसर्थ पास्चात्य मुलुकमा बस्ने मान्छेहरुले झुटको खेती गरेको पाइदैन । तेसैले पास्चात्य मुलुकमा बसेर गएको मान्छे नेपाल जस्तो मुलुकमा आफुलाई अस्तित्वमा ल्याउन कठिनाई देख्छ सम्झन्छ । विश्वाश भन्ने कुरा अती नै उच्चा हुन्छ । त्त्यसैले धेरै ठाउमा ति मान्छेहरु ठ्गिएको पाईन्छ। घर जग्गा किन्ने बेच्ने, पैसाको लेनदेन बिदेसमा बस्नेको लागि अती जटिल बनेको देखिन्छ । विश्वाश र बिद्ध्युतिय माध्यमलाई सर्बोपरी मान्ने भएकोले जहिले पनि पश्चिमा मुलुकमा बस्ने अधिकान्क्ष मानिसहरु ठ्गिएको देखिन्छ अर्को पक्ष पुर्बिय सस्कारमा ढाट्ने झुट बोल्ने र हरेक कुरा लुकाउने प्रब्रिदिले पाश्चात्य देशमा बस्ने मनिसहरु धेरै ठ्गिएका छन ।

एउटा सानो उहादरण म केही महिना अघी नेपालमा थिए र मेरो पारिवारिक छलफलमा बाध्यबस भाग लिनु पर्यो तर त्यो छलफलफलमा लगभग ९९ प्रतिशत झुट बोलियो । मैले केही नै भन्न सकिन भोली पल्ट म हिंडे तसर्थ अहिले जुन सामाजिक सन्जालले भूमिका खेलेको छ त्यो अती नै सर्हानिय छ । आजभोलि म सुनिरहेको छु र म आफु पनि यसमा समाहित भएको छु । पारिवारिक सवालमा परिवारमा भए घटेका कुराहरु बहिर लानु हुँदैन घर भित्र मिलाउनु पर्छ, समाजले थाहा पाउनु हुन्न र भर सक परिवार कै सदस्यले पनि थाह नपाउन यो प्रब्रित्तिको बिकास हजुर बाको पालमा थियो, बाबुको पालामा थियो र हार्मो पालम्मा त झन यो झागियो । यो पारदर्सी हुने प्रणालीलाइ नमान्ने हो भने हामी झन झुट ससकृतितिर फस्दै छौ । हामी देखिराखेका छौ सामाजिक सन्जालमा अरुको बिरोधमा लेखिएका लेख, तस्बिर र भिडियोहरु कती खुशी भएर हामी शेयर गर्छौ र मन पराउछौ ।

तर आफ्नु परिवार र आफ्नु बारेमा भयो भने हामी तेही सामाजिक सन्जालाई गाली गर्छौ वा हामी डराउछौ । चाहे त्यो परिवार होस वा ब्यक्त्ती सबै पारदर्सी हुनु जरुरी छ तव मात्र समाजको बिकास सम्भव छ । हामी हामीलाई नै विश्वाश गरिरहेका छैनौ । मेरो एउटा घरा यसि कथनको बारेमा धेरै साथीहरुले परिवार भित्र मिलाउन सल्लाह सुझाव दिनु भयो त्यो सरानीय छ , तर म आफुले आफु लाई त्यो स्तरमा प्रस्तुत गर्न सक्दिन । मलाई चित्त बुझेन वा म अन्यायमा परे भने मैले मेरो परिवार भन्नु हुन्न त्यो बाहिर ल्याउनु मेरो कर्तब्य हो नकी पारिवारिक गोपनियता ।

यसरी हाम्रो समाजको बिकास हुँदैन सम्भव छैन र हामीले समाज बिकास गर्न सक्दैनौ । हाम्रो सोच परिवर्तन हुन जरुरी छ । गोपनियता भन्ने कुरा डाक्टर र बिरामीको बिच्मा हुन्छ, वकिल र आफ्नु पक्षको बिचमा हुन्छ र श्रीमान र श्रीमतीको बिचमा बाहेक गोपनियता न कानुनले पारीकल्पना गरेको छ नत सभ्य बिकासित देशको मानसिकता र परम्पराले नै साथ दिएको छ ।

पारिवारिक बिषय बाहिर आउनु हुन्न भन्नु पुर्विया सस्कृतिको चरामा अपारदर्सी पक्ष हो । तसर्थ न्यायसङ्गत ढङ्ले परदर्सिताको लागि समाजमा आएका घट्नाहरुलाई अन्यथा भन्नु जरुरी छैन । सामाजिक सन्जाल विष्वले मानेको सन्जाल हो । यो सन्जालको सुचनालाई बङ्ग्गाउनु, आफ्नु पक्षमा ल्याउनु र गलत प्रचार गर्नु समाज बोरोधी कुरा हुन । सभ्य समाज र बुझ्ने समाजको लागि सामाजिक सन्जाल हाउगुजी अवस्य होइन ।

प्रतिक्रिया