आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १८:३१
वासिङटन डिसी 08:46

बाल्टिमोर हिन्दु बुद्ध मन्दिरमा हरितालिका तीज व्रत पूजा कार्यक्रम

इनेप्लिज २०७६ साउन ८ गते ०:०८ मा प्रकाशित

#तीजको लहर आयो बरी लै..”
हरितालिका तीज व्रत पूजा कार्यक्रम!!
स्थान: हिन्दु बुद्ध मन्दिर, 12231 Harford Rd
Glen Arm, MD 21057
मिति: सेप्टेम्बर २ तारीख सोमबार

नजिकिँदै गरेको हिन्दु नारीहरुको महान पर्व “हरितालिका तीज” को शुभ- अवसर पारेर हिन्दु बुद्ध मन्दिरमा आबद्ध स्वतस्फूर्त स्वयंसेवक महिला दिदिबहिनीहरुको विशेष पहलमा बिगतका बर्षमा झैं यस बर्ष पनि मन्दिरको आफ्नै प्रांगणमा “तीज व्रत पूजा” कार्यक्रम भब्य रुपमा आयोजना गर्ने तयारी भइरहेको महत्त्वपूर्ण सुचना सम्पुर्ण श्रदालु भक्तजनहरुमा सहर्ष जानकारी गराउन चाहन्छौं।

यही आउँदो सेप्टेम्बर महिनाको २ तारिख सोमबारको पबित्र दिनमा “हिन्दु बुद्ध मन्दिर” को आफ्नै परिसरमा, दोस्रो पटक हुनलागेको यस पबित्र “तीज व्रत पुजा” मा सहभागी हुन आजै देखि आफ्नो समय वा बिदा मिलाएर राख्न हुन सम्पुर्ण भक्तजन दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दै यस व्रत पुजा हुने समय, ल्याउनुपर्ने आवश्यक सामग्रीहरु र कार्यक्रम सम्बन्धि अन्य थप बिस्तृत जानकारीहरु लिएर हामी चाँडै आउने बाचा गर्दै व्रत पुजामा आउने सबैलाई अब आ-आफ्नो आवश्यक तयारी गर्न/ गराउन पुन: एकपटक अनुरोध गर्दछौं।

उक्त व्रत पूजालाई ब्यबस्थापन गर्न र सहभागी भक्तजनहरुको पुजाआजामा सहजीकरण गर्नका लागि आवश्यक केही स्वतस्फूर्त स्वयंसेवकहरुको समेत खाँचो रहेको हुँदा स्वयंसेवक भैइ सेवाकर्म गर्न इच्छुक दाजुभाइ दिदिबहिनीहरुलाई निम्न लिखित स्वयंसेवकहरुलाई यथासिघ्र सम्पर्क गर्नहुन समेत अनुरोध गर्दछौं।

Sharmila KC – 443-722-5324
Jasmine Dawadi – 443-520-2688
Salina Sharma – 484-225-0926
Rajni Sharma – 410-585-7766
Maya Chauhan – 410-302-9757
Bishnu Sharma – 484-860-2808
Man Kumar Shrestha – 443-797-9251
Ramesh Shrestha – 510-717-8197
Shreekrishna ReGmi – 443-322-4989
Deepak Rijal – 443-310-3163
Srijan Tamrakar – 443-675-8889

लगायत सम्पुर्ण हिन्दु बुद्ध मन्दिर परिवार

#तीज_परिचय :-

के हो तीज ? किन मनाउने तीज ?

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज आजभोलि अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारत लगायतका केही मुलुकहरुमा पनि मनाइने गरिन्छ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिनलाई आजसम्म हिन्दु नारीहरूले विशेष महत्त्वपूर्ण पर्वका रुपमा मनाउदै आएका छन्।

बर्षदिनमा एकपटक आउने यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा – मीठा स्वादिष्ट परिकारहरु खुवाउने तथा मनका भावना एवं सुखदु:खहरु साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने र रमाइलो गर्ने चलन छ।

#धार्मिक_पृष्ठभुमि:-

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्।

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि निरन्तर चल्दै आएको मानिन्छ।

#सामजिक_पृष्ठभुमि:-

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको मौलिक परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडाहरु दिइन्छ।

महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै कठोर निराहार व्रत पूजा बसी एकआपसमा नाचगान र मनोरञ्जन गर्ने गर्छन् भने अविवाहिताहरुले सुयोग्य वरको आशा राखी व्रत बस्छन्। व्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। पहिलो दिन विशेष महत्वका साथ पवित्र दर खाने गरिन्छ।

प्रतिक्रिया