शनिबार, असोज ३० २०७८
काठमाडौं ०१:३५
वासिङटन डिसी 15:50

बानाले गैर आवासीय नेपाली नागरिकता बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने

इनेप्लिज २०७६ साउन ७ गते २३:३५ मा प्रकाशित

डिसी । बाल्टिमोरमा अमेरिकाको भ्रमणमा रहनु भएका नेपाल सरकारका कानुन न्याय तथा मानव अधिकार समितिका सभापति तथा प्रतिनिधि सभाका सदस्य कृष्ण भक्त पोख्रेल संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

बाल्टिमोरको बाना ( बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका ) को आयोजना हुने उक्त कार्यक्रम बानाको सामुदायिक भवनमा जुलाई ३० का दिन साँझ ७ बजे कार्यक्रम राखिएको छ ।

बानाले डिसी क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेको छ । बानाका अध्यक्ष सुबोध पन्त तथा अन्य कार्यकारी समितिका पदाधिकारीहरु संग सम्पर्क गर्न सक्नु हुने छ ।

कार्यक्रम हुने स्थान ,बाना सामुदायिक भवन : 2906 taylor ave .parkville ,md ,21234
कहिले ? जुलाई ३० ,मंगलबार ,२०१९
कति बजे ? साँझ ७ बजे

प्रतिक्रिया