शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

न्यूयोर्कमा हिन्दु पुरोहित माथि सांघातिक आक्रमण

इनेप्लिज २०७६ साउन ७ गते २२:३९ मा प्रकाशित

अमेरिकाको न्यू योर्कका एक हिन्दु पण्डित माथि सांघातिक आक्रमण भएको छ । गत जुलाई १८ का दिन बिहान ११ बजेर ५ मिनेटमा आक्रमण भएको हो । न्यू योर्कको ग्लेन ओक्स स्थित शिव पीठ मन्दिरका पूजारी माथि आक्रमण भएको प्रहरीले जनाएका छन् ।

६२ बर्षिय पण्डित स्वामी जी हरिस चन्दर पुरी उक्त मन्दिरको तीन भवन पर हिडी रहेको अवस्थामा आक्रमण भएको हो । ५२ बर्षिय आक्रमणकारी सर्जियो गुभिया लाई पण्डित माथि अपराधिक कार्य ,उत्पीडन तथा दोश्रो श्रेणीको आक्रमणको आरोप सहित पक्राउ गरिएको छ ।

उनले पण्डितलाई मुख ,नाक ,कान ,छातीमा हिर्काएकोले रगत आएकोले उनलाई अस्पताल समेत भर्ना गर्नु परेको थियो । तर पण्डित अस्पताल बाट बाहिर निस्की सकेका छन् । पण्डितले पुजारीको पोशाकमा हिडेको अवस्थामा आक्रमण भएको प्रहरीले जनाएको छ ।

उक्त आक्रमणकारीलाई प्रहरीले केही मिनेट मै पक्राउ गरेको थियो । पीडित पण्डितको टाउको,हात र खुट्टामा पनि चोट लागेको छ । उनले गत मंगलबार पत्रकार सम्मेलनमा समेत बोलेका छन् भने यसको सर्वत्र बिरोध र निन्दा भएको छ ।

समाचार तथा तस्बिर श्रोत : न्यूयोर्क टाइम्स/पिक्स ११/न्यूयोर्क पोस्ट /एबिसी७ न्युयोर्क/सीएनएन

प्रतिक्रिया