बी बी थापाको ‘यो नाटक जस्तो दुनियामा’ गीत सार्वजनिक

इनेप्लिज २०७६ साउन ७ गते २१:४६ मा प्रकाशित

काठमाण्डौं । बरिष्ठ गीतकार बी.बी.थापाको शब्द तथा गायक संजय बडालको स्वरमा सजिएको ‘यो नाटक जस्तो दुनियामा’ गीत सार्वजनिक भएको छ । चर्चीत संगीतकार एवं एरेञ्जर मनोज चौलागाईको संगीत रहेको यस गीतको भिडियो उत्कृष्ट बनेको छ ।

विनोद भण्डारी र आयुस ओझा निर्माता रहेका यस गीतको भिडियोलाई निर्देशन भने विश्व विकास थापाले गरेका छन् । यस गीतको भिडियोलाई दीपीन आर्चाय र सुलभ नेवारले खीचेका छन् । भिडियोको जापानी भुमिमा भिडियो छायाँकन भएको छ । ‘

मान्छ’एल्वममा समेटिएको यस गीतको भिडियो बुढासुब्बा डिजिटलको यूट्युव च्यानल मार्फत सार्बजनिक भएको छ ।

प्रतिक्रिया