‘फटाह फणिन्द्रे’मा अभिनेत्री सुस्मा

इनेप्लिज २०७६ साउन ७ गते १०:५४ मा प्रकाशित

काठमाडौं – चलचित्र ‘फटाह फणिन्दे्र’ निर्माण हुने भएको छ । निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशन समेत उनी आफैले गर्दैछन् ।

‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’मा खन्याउन लागेको खड्काले बताए ।

‘केही दिन अरुको फिल्म सुटिङ हेरेर धेरै निर्देशक भएका छन्’ खड्काले भने ‘म त यो क्षेत्रमा एक दशकदेखि छु ।’ अहिले बनिरहेको भन्दा फरक र सबैले मन पराउने फिल्म आफुले बनाउने उनले खुलाए ।

हुन त केही पहिले घोषणा भएको यो फिल्मका लागि अहिले अभिनेत्री सुस्मा कार्की अभिनेत्रीको रुपमा छनौट भएकी छन् । १० लाख पारिश्रमिका सुस्मा फिल्मसँग जोडिएकी हनु । चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने फिल्मको अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने अरुणले जानकारी दिए । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ ।

नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कार्तिक बाट सुरु हुनेछ ।

प्रतिक्रिया