बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १९:३१
वासिङटन डिसी 09:46

अमेरिकामा मंगलबारबाट द्रुत देश निकाला सुरु हुने

विगत दुई वर्षमा अमेरिका प्रवेश गरेका, वैधानिक प्रकृयामा नभएकालाई देश निकाला गर्ने

यादवराज जोशी २०७६ साउन ६ गते २१:४६ मा प्रकाशित

यादवराज जोशी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारबाट गैरकानुनी आप्रवासीलाई द्रुत देश निकाला गर्ने प्रकृया सुरु गर्ने भएका छन् । विगत दुई वर्षमा अमेरिका प्रवेश गरेका र कुनै पनि वैधानिक प्रकृयामा नभएकालाई समात्दै उनीहरुको देश पठाईने छ । यो प्रकृयाले ईमिग्रेसन अदालतलाई छल्ने (वाईपास) गर्नेछ ।

दक्षिणी सिमा बढिरहेको गैरकानुनी प्रवेसलाई कम गर्न र ईमिग्रेसन अदालतमा मुद्दाको चाप कम गर्न यो नीति लिईएको बताईएको छ । ईमिग्रेसन अधिकारीले अमेरिकाको कुनैपनि स्थानमा समातेका कागजपत्रविहिन आप्रवासीलाई तत्काल उनीहरुको देश फर्काउनेछन् । यसअघि सिमाको एकसय माईल भित्र र अमेरिका प्रवेस गरेको दुईसाताभन्दा कम समय भएकालाई द्रुत देश निकालामा राखिएको थियो । यसले ईमिग्रेसन एण्ड कस्टम ईन्फोर्समेन्टको कारागारमा पनि कम दवाव पर्ने छ ।

सन् १९९६ बनेको अमेरिकी केन्द्रिय कानुनले सरकारलाई द्रुत देश निकाला गर्न सक्ने अधिकार दिएको छ । अमेरिकाका दश मुख्य सहरमा रहेका आप्रवासीलाई उनीहरुको देश फर्काउने कुरा ट्रम्पले भन्दै आएका छन् । अमेरिकामा रहेका एककरोड १० लाख कागजातविहिन आप्रवासीमध्ये तीनलाख आप्रवासी द्रुत प्रक्रियामा पर्नेछन् । पोउ रिसर्च सेन्टरका अनुसार, कागजातविहिन आप्रवासी अमेरिकामा सरदर १५ वर्ष बस्ने गरेका छन् ।

मेक्सिकोले आफ्नो सिमामा कडाई गरेपछि जुन र जुलाईमा दक्षिणी सिमा समातिने आप्रवासीको संख्यामा कमी आएको छ । गत मेमहिनामा अमेरिका प्रवेस गर्नेक्रममा दुईलाखभन्दा बढी सीमामा समातिएका थिए । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले सेन्चुरी सिटीलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गर्ने कार्यवाहक सेक्रेटरी (मन्त्री) केभिन म्याकएलिननले बताएका छन् ।

फेडरल रजिस्टारले भोली मंगलबार यसबारेमा सुचना प्रकासित गर्नेछ । यसअघि गत साता अमेरिकाले तेस्रो देश भएर अमेरिका प्रवेश गर्नेलाई एसाईल आवेदनमा रोक लगाई सकेको छ । यसरी अमेरिका प्रवेश गर्नेले बाटोमा देशमा एसाईलम आवेदन गरेर अस्वीकृत भएमात्र अमेरिकामा एसाईलम गर्न पाउने भएका छन् ।

ईमिग्रेसन अदालतमा उपस्थित नगराई द्रुत बाटोबाट देश निकाला गर्ने कदमविरुद्ध सक्दो चाडो मुद्दा हाल्ने तयारी अमेरिकन सिभिल लिवर्टी युनियनले गरेको छ । “हामीले यो नीतिलाई अदालतमा चुनौति दिनेछौ,” संस्थाका निर्देशक ओमर जडवाटले भने ।

स्रोतः दि वासिड.टन पोस्ट
तस्विरः गुगल

प्रतिक्रिया