शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०२:४४
वासिङटन डिसी 16:59

एनआरएन मेरिल्याण्डको पदस्थापन तथा हस्तान्तरण कार्यक्रममा दुई मुख्य निर्णय

इनेप्लिज २०७६ साउन ६ गते ०:२५ मा प्रकाशित

डिसी । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको मेरिल्याण्ड शाखाको पदस्थापन हस्तान्तरण कार्यक्रममा दुई मुख्य निर्णय भएको छ । नव निर्वाचित कार्यकारी समितिले सपथ ग्रहण लगतै बसेको बैठक द्वारा दुई वटा निर्णय गरेको हो ।

सन् २०१९ -२०२१ का लागि नव निर्वाचित महा सचिव बिष्णु बरालले पहिलो नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन बिशेष कार्यक्रमको पहल गर्ने र दोश्रो सल्लाहकारहरुको नियुक्ति गरेको बताए ।

नव निर्वाचित अध्यक्ष डोलनाथ घिमिरेले सल्लाहकारमा महा बाणिज्य दुत प्रेम राजा महत ,समाज सेवी विजय श्रेष्ठ ,समाज सेवी प्रेम कुमार श्रेष्ठ ,समाज सेवी सुभास घिमिरे पत्रकार ,संचारकर्मी तरुण पौडेल,समाजसेवी सालिक वाग्ले तथा एनआरएनका पूर्व महासचिव महेन्द्र देशारलाई मनोनित गरेको बताए ।

यसको अतिरिक्त एनआरएन मेरिल्याण्डले अब देखि कार्यक्रम ठिक समयमा सुरु गर्ने र खादा माला कार्यक्रममा नचलाउने जनाएको छ । प्रारम्भमा कार्यक्रमको सभापतित्व दुर्गा प्रसाद श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन महा सचिव महेन्द्र देशारले गरेका थिए ।

कार्यकमको सुरुमा नेपाली राष्ट्रिय गान तथा अमेरिकन राष्ट्रिय गान बजाइएको थियो भने स्वागत मन्तब्य इन्द्र कु थापाले गरेका थिए । नव निर्वाचित पदाधिकारीहरुलाई नव निर्वाचित अध्यक्ष डोलनाथ घिमिरेले सबै पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

अध्यक्ष बाट निवर्तमान भएका दुर्गा प्रसाद श्रेष्ले बिशेष समय लिदै आफ्ना कार्यकालमा गरेका गतिबिधिको बारेमा जानकारी गराएका थिए । श्रेष्ठले नव निर्वाचित पदाधिकारीहरुलाई बिल्ला बितरण समेत गरेका थिए ।

एनआरएन अमेरिकाका सर्वाधिक मत ल्याई बिजयी भएका कृष्ण जीबी पन्तले मेरिल्याण्डमा ६ जना आइसीसी सदस्य समेत गरी रहेकोले मेरिल्याण्डले ठुलो भूमिका निर्वाह गर्ने सक्ने बताए । उनले आफुलाई सर्वाधिक मत दिई बिजयी गराएकोमा धन्यवाद दिदै आफूले कडा मेहनत गर्नु पर्ने जिम्मेबारी रहेको बताए ।

मेरिल्याण्ड शाखाका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रियका सदस्य जेदु पोखरेलले डिसी क्षेत्रमा एनआरएन अमेरिकाको सदर मुकाम बनाउनु पर्छ भनि आफू र आफ्ना अन्य शाखा संग बिगतमा एउटा बाताबरण बनाउने प्रयास गरेको बताए । उनले नेपाली समुदायलाई मिलाउने काम भनेको अब तपाईको हो भनि विचार राखे । यसको साथै स्थानीय रुपमा बाना र एनआरएन मेरिल्याण्ड मिलेर काम गर्नु पर्ने बताए ।

प्रमुख अतिथि रहेका महा बाणिज्यदुत प्रेम राजा महतले नया निर्वाचित पदाधिकारीलाई बधाई दिनु को साथै २०१७ -२०१९ सम्म राम्रो काम गरेका समितिलाई धन्यबाद दिएका थिए । महतले फुटेर हैन जुटेर अगाडी बढ्नु पर्ने बताए । मेरिल्याण्ड बिधान सभा सदस्य ह्यारी भण्डारीले नेपाली समुदायलाई के समस्या छ र आफुले के गर्नु पर्यो त्यो मलाई भन्न आग्रह गरे ।

नव निर्वाचित अध्यक्ष डोलनाथ घिमिरेले गत निर्वाचनमा भएका सबै तितामिठा कुरालाई भुल्दै मिलेर काम गर्नु पर्ने बताए । उनले बिगतका अध्यक्षहरुले राम्रो काम गरेकोले आफूले एक कदम अगाडी बढेर काम गर्नु पर्ने कुरा बताए । उनले अध्यक्ष पदका उम्मेदवार रहेका महेन्द्र देशारलाई आउन अनुरोध गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ/संस्थाका प्रतिनिधि ,अतिथि, गैर आवासीय नेपाली संघ अमेरिकाका विभिन्न पदाधिकारीहरुले शुभकामना मन्तब्य राखेका थिए । शुभकामना मन्तब्य साथै एनआरए अमेरिकाले गर्नु पर्ने कुराहरु तथा अन्य बिबिध पक्षमा बिबिध कुराहरु राख्नेहरुमा क्रमस नासो कम्युनिटी ( समुदाय)का अध्यक्ष गोपाल बिश्वकर्मा ,बानाका अध्यक्ष सुबोध पन्त,राप्रापाका सह महामन्त्री प्रेम कु श्रेष्ठ,एनआरएन भर्जिनिया शाखाका अध्यक्ष कृष्ण सादगी नेपाली ,एनआरएनए अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोक तिवारी ,मेरिल्याण्ड बिधान सभा सदस्य ह्यारी भण्डारी ,एनआरएनए अन्तर राष्ट्रियका संस्थापक उपाध्यक्ष डा श्याम कार्की,गैर आवासीय नेपाली संघ अमेरिकाका संचालक समिति सदस्यहरु क्रमस धरम बिश्वकर्मा ,चित्रा कार्की ,अम्मर छन्त्याल ,एनआरएन आईसीसी सदस्यहरु जेदु पोखरेल,शिवराज पौडेल ,एनआरएन अमेरिकाका सर्वाधिक मत ल्याई बिजेता भएका कृष्ण जीबी पन्त ,एनआरएन अमेरिकाकि पूर्व उपाध्यक्ष रबिना थापा लगायत रहेका थिए ।

अध्यक्ष घिमिरेले सबैलाई धन्यवाद दिदै कार्यक्रमको बिसर्जन गरेका थिए ।

प्रतिक्रिया