बेनिशालाई चेली स्टुडियोमा तर्सायो भूतले

इनेप्लिज २०७६ साउन ५ गते १४:१५ मा प्रकाशित

 


अभिनेत्री बेनिशा हमाललाई शनिबार काठमाडौंको कालिमाटी स्थित ‘चेली मेकअप स्टुडियो’मा दिउँसै भूतले तर्सायो ।

स्टुडियोका वार्षिक उत्सबमा विशिष्ट अतिथि बनेर पुगेकी बेनिशालाई स्वागत गर्ने क्रममा भूतको रुपमा आएका कलाकारले तर्साएका हुन् । कलाकार तथा पत्रकार सरिता भारती नाच्दै जब भूत बनेर बेनिशाको अगाडी एक्कासी आईन । बेनिशा चिच्याएर कार्यक्रम आयोजक एवम् मेकअप आर्टिस्ट बिना थापामगरसँग अँकमाल गर्न पुगिन् ।

‘मैले सोचेकी थिइन् यसरी भूत नाँच्न आउँछ भनेर । घरको प्रोमोसनका लागि यस्तो गरिदिनु भएकोमा आभारी छु ।’ बेनिशाले कार्यक्रम पश्चात भनिन् । हरर जनरामा निर्माण भएको उनको चलचित्र घर हेरेर धेरै दर्शक हलमा तर्सिरहेको बेला बेनिशालाई कार्यक्रममा स्वागतको क्रममा भूत बनेर कलाकारहरुले तर्साएका रहेछन् ।

करिब दुई घन्टा लगाएर बिनाले सरितालाई मेकअप मार्फत भूतको रुपमा उतारेकी थिईन् । चलचित्र घरलाई लक्षित गरेर बेनिशा सहित अन्य अतिथिको स्वागत भूतबाट गरिएको पनि बिनाले बताईन् । मेकअप स्टुडियो हो केहि फरक गरौँ भनेर पनि आफुहरुले यो तरिका अपनाएको बिनाले बताईन् ।


बेनिशाले आउँदा दिनमा आफुले पनि चेली मेकपअ स्टुडियोबाट सेवा लिने बताईन् । चेलीमा गुणस्तरीय सेवा र राम्रो प्रशिक्षण हुने भन्ने जानकारी पाउँदा खुसी लागेको पनि बेनिशाले बताईन् ।

स्टुडियोमा मेकअप प्रशिक्षण लिएका ३५ जना विधार्थीलाई अभिनेत्री बेनिशाको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । आफ्नो चलचित्र घरले दर्शकलाई तर्साउन सफल भएको बताउँदै बेनिशाले भनिन्,‘घर भन्ने बित्तिकै हामीले आफू बस्ने ठाउँ भनेर बुझ्छौं, एउटा घर आफ्नो होस् भन्ने सबैको चाहाना हुन्छ । तर त्यसतो कुनै घर भित्र भूत पनि हुन्छ भन्ने चलचित्रमा देखाइएको छ ।’

कार्यक्रममा नेपाल कस्मेटिक व्यबसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नेपालमा रहेका मध्य राम्रोमा पर्ने मेकअप स्टुडियो चेली मेकअप स्टुडियो पनि भएको बताए । वादी हर्बलका अध्यक्ष मुकुन्द फुयाँल र नेचर इसेन्स एवं कलर इसेन्सका कन्ट्री म्यानेजर रमेश उप्रेतीले पनि चेली मेकअप स्टुडियोको प्रगतिको कामना गरे ।

प्रतिक्रिया