सुगम पोखरेलको आवाजमा ‘लैजा हावा’ सार्वजनिक

इनेप्लिज २०७६ साउन ५ गते १३:०५ मा प्रकाशित

गायक सुगम पोखरेलको आवाजमा ‘लैजा हावा’ सार्वजनिक भएको छ । गीतमा राजन भुजेलको शब्द तथा संगीत छ । गीतमा प्रेम र विछोडको भावलाई उतार्न खोजिएको छ । यो गीतको भिडियोलाई दिलिप समनले निर्देशन गरेका हुन् ।

भिडियोमा अभिलाषा शर्मा र सागर थापाको मोडलिङ छ । फराज अर्पणको छायांकन रहेको भिडियोमा उनकै सम्पादन छ ।

प्रतिक्रिया