गायक तुलाराम डाँगीको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” भिडियो सहित

इनेप्लिज २०७६ साउन ५ गते १३:०२ मा प्रकाशित

आर पोखरेल , काठमान्डौँ ।

नेपाली लोक दोहोरी गीतको संरक्षणमा निरन्तर लागी परेका गायक तुलाराम डाँगी र गायिका मालती खरेलको आवाजमा ”कपुरकोटमा भेटन आउ सानु” गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनी मायालुको यादमा जिवनभर सताउने गरेको कुरालाई गीतमा समेटिएको छ । आफनी मायालुलाई कपुरकोटमा भेटन आग्रह गरेका छन । आफनो जिवनको प्राण प्यारो मान्छेलाई भेटनको लागी पनी आफु पनी निकै हतारिएकी छन गायिका मालती । तुलाराम डाँगीको शब्द तथा कमल ज्योतीको लय सिर्जना गीतमा रहेको छ ।

सागर गौत्तमको छायाँकन , रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । ”कपुरकोटमा भेटन आउ सानु” गीतको भिडियोमा रेश्मा अरुणा , भुपु र कविताको अभिनय रहेको छ ।

”कपुरकोटमा भेटन आउ सानु” गीतको पुरा भिडियो

प्रतिक्रिया