अमेरिकामा छिमेकी संग किन न्युनतम चिनजान र बोलचाल हुन्छ : घुलमिल गर्ने उपायहरु

इनेप्लिज २०७६ साउन ५ गते ११:४० मा प्रकाशित

डिसी । अमेरिका आउनु भन्दा अगाडी अमेरिकामा एकै घरमा अर्को कोठामा बस्ने मानिससंग पनि चिनजान नै हुदैन भनेको यो पंक्तिकारको कानले सुनेको हो । पत्यार लागेको थिएन र विश्वास लाग्दैन थियो । यस्तो पनि हुन्छ भनि लिडेढिप्पी गर्थे । तर अमेरिका आए पछि यो कुरा सत्य हो रहेछ भन्ने जानियो । तर पुरै सत्य पनि हैन ।

अमेरिकामा मानिस यति व्यस्त छन् किन कि छिमेकी संग परिचय गर्न समेत मानिस जादैनन् । असजिलो मान्दछ्न । किनभने छिमेकी आएता पनि अर्को छिमेकीले ढोका पनि नखोल्ने हुन्छन । किनभने कहिले पनि छिमेकीको अनुहार देखेको हुदैन ।

आप्रवासीहरुको यस्तो ज्यादा समस्या हुन्छ । तर बिदेशी अमेरिकनहरु भने आफै चिनजान गर्ने गर्छन । उनीहरु पनि सबै चै त्यसो गर्दैनन् । तर हामी यस कुरामा पछाडी छौ । अमेरिकामा छिमेकी संग नचिन्नु भनेको नयाँ कुरा हैन। एउटा घरको एकै छत मुनी संगै अर्को कोठामा बस्ने मानिसले पनि अर्को कोठाको मानिसलाई चिन्दैनन ।

तर अमेरिका कम्तिमा पनि छिमेकी संग दोस्ती गर्नु पर्छ । चिन्ने र सम्बन्ध वृद्धि गर्न पहल आफैले गर्नु पर्छ । अधिकांश नेपालीहरु अवसर र आफ्नो जीवन सम्वृद्धिको लागि आएकोले हामी यति व्यस्त हुन्छौ कि हामीलाई छर छिमेकीसंग चिनजान हेलमेल गर्ने समय नै नभएको जस्तो हुन्छ ।

नेपाल भन्दा कानुन कडा भएकोले हामी उताबाट आएकालाई आफै गएर साथी बनाउने भन्ने कुरा निकै गाह्रो लाग्छ । छिमेकीले घन्टी बजाउदा नचिनेर प्रहरी पनि बोलाउने गरिने हुनाले अलिक सतर्कता अपनाउनु पनि पर्छ । नव आगन्तुकहरुले सिक्नु पर्ने शिष्टचारहरु जाने अझ राम्रो हुनेछ ।

जे जस्तो भएता अमेरिका आई सकेका या आउने तरखरमा रहेका सबैले यस्ता केही मूल मन्त्र या शिष्टचार सम्झने या लागु गर्न सकेमा छिमेकी संग राम्रो सम्बन्ध हुन् सक्छ ।

यस्ता शिष्टचार या मूल मन्त्रहरु प्रयोग गर्ने प्रयास गर्नु होस् :

१ ) अभिवादन गर्ने : हामी नेपालीले सबैले यो गर्छौ । छिमेकी हो भन्ने लागेमा र ठहर गरे पछि नमस्कार ,सलाम,शुभ प्रभात ,शुभ दिन आदी जस्ता अभिवादन गर्ने बानि गरेमा छिमेकी संग घुलमिल हुइञ्छ । नमस्ते भने पछि मुस्कान दिने र छोटो कुरा गर्नु होस् । यसरी छिमेकी संग सम्बन्ध विस्तार गर्ने ।

२ ) धन्यबाद दिने : सदैव धन्यवाद भन्न जान्नु पर्छ । सिक्नु पर्छ । यदि तपाई नया घरमा सर्नु भएको छ भने छिमेकी संग आफै गएर चिनजान गर्नु पर्छ । र आफ्नो घर छेउमा कोही आएमा कम्तिमा एक उपहार बोकेर जाने गरेमा राम्रो हुन्छ । बिशेष गरि ताजा प्रकारका बिस्कुट या खाजा लाने गरेमा उत्तम हुने छ ।

३ ) मित्रतापूर्ण व्यवहार गर्ने : जव तपाई घर बाहिर काममा जानु हुन्छ छिमेकीलाई देख्नु भयो भने हात हल्लाउनु । इमान्दारितापूर्वक मुस्कुराउनु । बिशेस गरि सप्ताह अन्त्यमा आफ्नो घर वरपर बगैचामा बारीमा महिला तथा पुरुष काम गर्ने हुनाले त्यो समयमा मौका छोप्ने र बोल्ने । यति बोली सके पछि बिस्तारै घर को ढोकामा जाने र परिचय मात्र गर्ने आफु फलाना हु र नयाँ छिमेकी फलाना ठाउँबाट आएको भन्ने । यसो गरेमा कुरा अगाडी बढ्छ ।

४ ) छिमेकीलाई आँगन या घर बाहिर सेकुवा भोजमा आमन्त्रण गर्ने : नयाँ आएका छिमेकीलाई सिधै घर भित्र पसाउन मन छैन भने सप्ताह अन्त्यमा हुने सेकुवा भोज या अन्य प्रितिभोजमा बोलाउने । यसो गर्दा छिमेकी संग सम्बन्ध विस्तार हुने छ ।

५ ) छिमेकीसंग सामुदायिक कार्यक्रममा संलग्न हुने : छिमेकीहरुसंग घुलमेल हुने सबै भन्दा सरल उपाय भनेको नै समुदायमा भै रहने कार्यक्रममा कहिले काही उनीहरु संगै जाने र आउने गर्ने । सकेमा उनीहरु संग प्रभातकालिन तहल या कुद्ने गरेमा गफसफ पनि हुने र बिस्तारै यस्तो क्रियाकलाप गरेमा नजिकिने हुईञ्छ ।

६ ) कुकुरले पुलको काम गर्ने: अमेरिकामा हरेकको घरमा कुकुर पालेका हुन्छन । साथमा बिरालो पनि हुन्छ । कुकुरलाई बाहिर लाने क्रममा छिमेकीले कुकुर बारेमा सोध्ने गर्छन । सुमसुमाउने र छुने गर्छन । यसरी घरमा कुकुर पालेको छ भने पनि छिमेकी संग सम्बन्ध राम्रो हुन्छ । कुकरले दुई छिमेकी बीचको पुलको काम गर्छ ।

७ ) सामाजिक संजालमा जोडिने : कहिलेकाही छिमेकीहरुले सामूहिक छिमेकी समूह निर्माण गर्ने हुनाले आफू त्यसको सदस्य बन्ने । यसो गरेमा सबै संग घुलमिल हुने र चिनजान हुने ठुलो अवसर हुने हुनाले यो मौका गुमाउनु हुदैन ।

८ ) बालबालिकालाई घुलमिल गराउनु : अमेरिकामा प्राय जसो एक जना परिवारका ३ जना सन्तान हुन्छन । अधिकाशको कम्तिमा ३ जना देखिन्छ र अपबाद को कुरै नगरौ । बालबालिका र किशोरकिशोरीहरु भएमा छिमेकी संग मेलमिलाप हुने प्रथम अवसर हो । जसको कारण अभिभावक बीच प्रगाढ सम्बन्ध हुन्छ ।

अमेरिका महा नगर शहरमा मात्र हैन नगर पालिकामा पनि त्यस्तै अवस्था हुन्छ । अमेरिकामा नेपालीहरु आउने क्रम बढ्दो भएकोले अब आउने जो कोहीले पनि यस्ता कुराहरुमा ध्यान दिन सकेमा साह्रो गाह्रोमा छिमेकीले ठुलो सहयोग गर्ने छन् । कतिपय ठाउँमा आफू बाहिर जाँदा छिमेकीलाई चाबी समेत दिएर जाने र घरबारको रेखदेख गरि दिनु पनि भन्ने चलन छन् ।

जे जस्तो अवस्था रहेता पनि आफै परिचय गर्न जाने र सम्बन्ध विस्तार गर्न न भूलौ

श्रोत ” एलेक्सब्रेक डटकम

प्रतिक्रिया