नेकपाले ७७ वटै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगायो

इनेप्लिज २०७६ साउन ५ गते ११:२९ मा प्रकाशित

काठमाडाैँ, ५ साउन ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हो । ७७ जिल्ला र ६ वटा महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्ज टुंगो लागेको प्रवक्ता नाराणकाजी श्रेष्ठले बैठकपछि जनाकारी दिए।

उनका अनुसार नाम भने आजै बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक हुनेछन् । आजैको बैठकबाट पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंगो लगाउने अपेक्षा गरिए पनि त्यसबारे निर्णय हुन सकेन।

टुंगिएका ८३ स्थानमा पूर्वएमालेको भागमा ४५ र पूर्वमाओवादीको भागमा ३८ इन्चार्ज परेका छन् ।

इन्चार्ज पूर्वएमालेको भएका जिल्लामा सह इन्चार्ज पूर्वमाओवादी र पूर्वमाओवादीका भागमा इन्चार्ज परेको जिल्लामा सह इन्चार्ज पूर्वएमाले रहने सहमति यसअघि नै भइसकेको थियो ।

नेकपाको अर्को बैठक पर्सि (मंगलबार) बस्ने र सोही बैठकले आयोग र विभागको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्को बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया