शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

डिसी मेट्रो सप्ताहको सफलतापछी बिशेषज्ञ समुहको बैठकबाट कार्य योजनामा छलफल

इनेप्लिज २०७६ साउन ५ गते ३:४१ मा प्रकाशित

जुलाई २०, भर्जिनिया। नेपाली अमेरिकन कम्युनिटी सेन्टर निर्माणका लागि आबश्यक कार्य योजना तयार गर्न आज डिसी मेट्रो क्षेत्रमा स्थापित ईन्जिनियर्स, रियल्टर्स र व्यबस्थापन समुहका प्रतिनिधी बीच व्यापक परामर्ष र छलफल सम्पन्न भएको समाचार छ।

डिसी मेट्रो सप्ताहको पुर्ण सफलता पछी २ मिलियन डलर भन्दा बढी उठ्ने निश्चित हुँदै गर्दा सप्ताह समाप्त भएपछी आबश्यक ठानिएका विभिन्न विषयगत एवं समुहगत छलफल र परामर्श बैठकहरु सन्चालन भैरहेका छन्।

नेपाली अमेरिकी कम्युनिटी सेन्टर निर्माणका लागि स्वफुर्त रुपमा भोल्युन्टर गरिरहनु भएका रियल्टर्स, ईन्जिनियर्स र व्यबस्थापन समुहका प्रतिनिधीहरुले उपलब्ध हुने सम्भावित जग्गाहरुको निरन्तर खोजी गरी स्थलगत भ्रमण समेत गरिरहेका छन्।

उपयुक्त जग्गा प्राप्ती र त्यसको डेभलेपमेन्ट गर्न अघी गरिने सामुदायिक भवनको डिजाईन र डेभलेपमेन्टको कार्य योजना निर्माणका लागि आज भएको बैठकमा निम्न व्यक्तीहरुको सक्रिय सहभागिता रहेको जनाईएको छ।

आज सम्पन्न बैठकमा सामुदायिक केन्द्रको व्यबस्थापन समुहको तर्फबाट डा. मदन उप्रेती र ददीराम ढुंगाना, रियल्टर्स समुहको तर्फबाट बासु सत्याल एव ईन्जिनियर्स टिमको तर्फबाट ठाकुर ढकाल, प्रेम भण्डारी, गणेश मैनाली र उत्तम सेडेईको प्रतिनिधित्व रहेको थियो।

त्यसैगरी बिषेषज्ञ ईन्जिनियरहरु राम प्रधान, सागर खड्का, महेश अधिकारी, बिपिन पाठक, दिनबन्धु गुप्ता, भुप अधिकारी, गणेश थापा, दिपेन्द्र पोखरेल, बेल पछ्छाई, महेश पुन, नारायण पौडेल, दुर्गा खरेल, सुजना खकुरेल, डा. सन्दिप प्याकुरेल समेत सहभागी हुनु भएको थियो।

प्रतिक्रिया