शनिबार, असोज ३० २०७८
काठमाडौं १३:५७
वासिङटन डिसी 04:12

नेपालका ज्वाई प्रसिद्ध अमेरिकन मुडकीबाज किथ थरम्यान बिश्व प्रख्यात म्यानी प्याकिआओ संग भिड्दै

इनेप्लिज २०७६ साउन ४ गते ११:४० मा प्रकाशित

अमेरिकन नेपाली ज्वाई प्रसिद्ध मुडकीबाज किथ थरम्यान आज अमेरिकाको लस भेगासमा हुने मुडकी प्रतियोगितामा बिश्व प्रख्यात म्यानी प्याकिआओ संग भिड्ने भएका छन् ।

३० बर्षिय किथ थरम्यान अमेरिकन व्यावसायिक आफ्नो वजनको अपराजित मुडकीबाज हुन् । उनले थापा थरकि महिला संग बिबाह गरेका छन् । उनले प्रियाना थापा संग सन् २०१७ मा नेपालमा गएर बिबाह गरेका थिए । नेपालमा गएर नेपाली दौरा सुरुवाल र नेपाली टोपी लगाएर नेपाली परम्परा अनुसार बिहे गरेका थिए ।

प्रियाना संग किथ थरम्यान ले जापानमा भेट गरेका थिए भने उनले नै बिबाहको प्रस्ताव राखेको संचार माध्यमले जनाएका छन् । उनको बिबाह काठमाडौँको एक अतिथि ( होटल)मा भएको थियो भने नजिकका साथी तथा परिवारका सदस्यहरु उपस्थित रहेका थिए ।

उनि वेल्टरबेल्ट वजन समूहका २९ पटक बिजेता हासिल गरेका छन् भने २२ पटक प्रतिस्प्रद्धिलाई घुडा टेकाएर (नकआउट )द्वारा बिजयी भएका हुन् । डब्लुबिसि उपाधि प्राप्त गरेका किथ थरम्यान २९ पटकको खेलमा एक पटक पनि हारेका छैनन् ।

यसै गरि म्यानी प्याकिआओ अन्तर राष्ट्रिय प्रख्यात मुडकीबाज हुन् । ४० बर्षिय म्यानी ६१ पटक बिजयी भएका छन भने ७ पटक पराजित र २ पटक बराबर भएका प्रसिद्ध खेलाडी हुन् ।

आज हुने खेललाई निकै उत्साहजनक रुपमा हेरिएको छ । लस भेगसमा जुलाई २० का दिन साँझ ९ बजे एमजएम ग्राण्ड गार्डन एरिना भिडन्त हुने छ । गत जुलाई १९ का दिन पत्रकार सम्मेलन र आफ्नो अन्तिम वजन जाच्ने क्रममा नेपालका ज्वाई किथ थर म्यानले यो पैतृक द्वन्द हो भनेका छन् भने म्यानी प्याकिआओले भोली मुडकी मंच मै भेट्ने बताएका छन् । दुवै जनाको वजन १४७ पाउण्ड रहेको छ ।

तस्बिर/समाचार श्रोत : युएसए टुडे तथा एएफपी

प्रतिक्रिया