सोमबार, भदौ २ २०७६
काठमाडौं ०७:४३
वासिङटन डिसी 21:58

सात सय खेलाडीलाई सम्मान

इनेप्लिज २०७६ साउन ४ गते ७:३८ मा प्रकाशित

काठमाडौँ, असार ३१ गते । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गत वैशाखमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई सम्मान गरेको छ ।

राखेपद्वारा आज यहाँ आयोजित कार्यक्रममा आठाँ मा व्यक्तिगत र टोली स्पर्धामा स्वर्ण जित्ने ७०७ खेलाडी र कीर्तिमान कायम गर्ने १६ गरी कूल ७२३ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । प्रदेश नं ५ मा सम्पन्न उक्त प्रतियोगितामा राखेपले व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही रु १५ हजार तथा टोलीतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु सात हजार प्रदान ग¥यो ।

प्रतिक्रिया