नेपाली राष्ट्रिय सम्मेलनको आतिथ्य गर्दै सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हामी बाना परिवार गौरव गर्छौ : सुबोध विलास पन्त ,बाना अध्यक्ष

विजय थापा २०७६ साउन ४ गते १:१२ मा प्रकाशित

डिसी । गत जुलाई ५ देखि ७ सम्म बाल्टिमोरमा संचालन भएको नेपाली राष्ट्रिय सम्मेलनको आतिथ्य गर्दै सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हामी बाना परिवार गौरव गर्छौ भनि ईनेप्लिजलाई बाना अध्यक्ष सुबोध विलास पन्तले बताए ।

बानालाई ठूलो अवसर पनि भएकोले उक्त अवसरलाई हामीले स्वीकार गरि आँखिर दिएको जिम्मेबारी पुरा गरेर छाडेका छौ उनले भने ।

अध्यक्ष पन्तले भने सम्मेलन सफल बनाउन ४ वटा आयोजक संस्थाहरु ,८ वटा सह -आयोजक संस्थाहरु र अन्य २८ वटा संघ/ संस्थाहरुको सहयोग ,समर्थन रहेता पनि स्थानीय रुपमा आयोजना गर्ने बानाले ईमान्दारिता साथ काम गरेको उनले बताए ।

बाल्टिमोरमा स्थापित बानाले नै मुख्य भूमिका निर्वाह गरि स्थानीय स्तरमा परिचालन गर्न कुनै कसर बाकि नराखीएको उनले बताए । अन्य संस्थाहरुको अन्य बिषयमा सहयोग र समर्थन रहेता पनि काम गर्ने जिम्मा स्थानीय स्तरमा बानाका स्वयम् सेवक र पदाधिकारीहरुले अहोरात्र खटिई काम गरेको जति नै प्रसंसा गरे पनि त्यो कम हुन्छ पन्तले भने ।

आफू अध्यक्षको हैसियतले कसरी जन सहभागिता बढी भन्दा बढी ल्याउन सकिन्छ भनि त्यसको लागि हरेक सम्भव हामीले प्रयास गरेको र आँखिर सहभागिता सिकागो भन्दा राम्रो रहेको उनले बताए ।

सबै कुरा जुटाउन हाम्रो भूमिका रह्यो । अध्यक्ष पन्तले अगाडी भने ३ दिने कार्यक्रमको आतिथ्य नै बाना रहेको हो । र आफू ४ जना आयोजक मध्येमा पनि आतिथ्यता गर्दै संयोजक पनि रहेको उनले बताए ।

बाल्टिमोरबासीले खेलेको भूमिका र सहयोग प्रति धन्यवाद दिएका छन् । स्वयम सेवक रुपमा अहोरात्र खट्ने र विभिन्न आयोजक समितिका सदस्यहरु ,पदाधिकारीहरुले गरेको मेहनतको कारण सम्मेलन सफत हुन् पुग्यो उनले भने ।\

अध्यक्ष पन्तले बानाकि निवर्तमान अध्यक्ष तथा सांस्कृतिक कार्यक्रम संयोजक तथा आर्थिक मामला प्रमुख अनु श्रेष्ठ वन्त तथा बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यको सकृय भूमिका रहेको थियो भने पूर्व अध्यक्षहरु क्रिस घिमिरे ,रबिना थापा ,बानाका महा सचिव किरण ढकाल ,बाहिर बाट आउनु हुने अतिथिलाई स्वागत गर्न सहयोग गर्ने बानाका उपाध्यक्ष गणेश उप्रेती  लगायत सबैलाई बिशेष धन्यबाद दिन चाहेको बताए ।

पन्तले सम्मेलनको मुख्य आकर्षण कार्यक्रम नै बालबालिकाहरुको प्रतिभा प्रतियोगिता भन्दै आयोजक र अभिभावकहरु धन्यवादको पात्र रहेको बताए । बानाले आतिथ्य गरेको सम्मेलनमा प्रदेश नं १ का मुख्य मन्त्रि माननीय शेरधन राई ,अमेरिकी पूर्व राजदुत पिटर बोडे , डा स्वर्णिम वाग्ले लगायत विशिष्ट व्यक्तिहरुले सम्मेलन र हामी आतिथ्य शाखालाई निकै हौशला लागेको बताए ।

आतिथ्य शाखा बाना सम्मेलन सभापति विजय श्रेष्ठ, महा बाणिज्य दूत प्रेम राजा महत ,नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरि ,नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे,राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापा ,नेपाली कांग्रेस महिला संघकि केन्द्रिय सदस्य भद्रा भण्डारी ,नागर्जुन नगर पालिकाका नगर प्रमुख मोहन बस्नेत ,प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापा ,आन्माका बलराम पन्थी, अम्बिका अधिकारी ,राजदुत डा अर्जुन कुमार कार्की,एएनएका अध्यक्ष मेदिनी अधिकारी अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली लगायतलाई धन्यवाद नेप्लिज मार्फत दिन चाहेको बताए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया