गीतकार रबिमान सिंह बस्नेतको गीति एल्बम “प्रेम अर्थ” सार्बजनिक

इनेप्लिज २०७६ साउन ४ गते ०:१२ मा प्रकाशित

क्यानडा बस्दै आएका गीतकार रबिमान सिंह बस्नेतको गीति एल्बम “प्रेम अर्थ” सार्बजनिक भएको छ । पूर्व राष्ट्रपति राम बरण यादवको प्रमुख आतिथ्यमा गीतकार रबि मान सिंह बस्नेत को एकल गीति एल्ब “प्रेम अर्थ ” सार्वजनिक भएको हो ।

काठमाडौँको गैरीधारामा एक भब्य कार्यक्रमको बीच उक्त गीति संग्रह “प्रेम अर्थ” लोकार्पण गरियो । नेपाली संगीत उद्योग.संघका अध्यक्ष सूर्य बहादुर मगरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय कलाकार शिब परियार,रोज मोक्तान, यम बराल लगायतका चर्चित गायक संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

गायक तथा संगीतकार टिका बोम्जनको एकल संगीत रहेको उक्त एल्बममा ८ वटा गीतहरु समाबेश गरिएका छन् । जसमा सबै गीतको शब्द भने रबिमान सिंह बस्नेतको रहेको छ। नेपालका ख्याती प्राप्त गायक गायिकाहरुमा क्रमस प्रमोद खरेल ,अन्जु पन्त ,यम बराल,शिब परियार ,मनोज राज ,टिका बोम्जन र प्रताप दास लगायतले स्वर दिएका छन् ।

शोभा त्रिपाटीले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिक्रिया