सोमबार, भदौ २ २०७६
काठमाडौं ०७:१९
वासिङटन डिसी 21:34

समाजवादी पार्टी अमेरीकातिर विस्तार

सुरेश चाम्लिङ्ग ,बोस्टन २०७६ साउन ३ गते २३:४८ मा प्रकाशित

एमाले र माओवादीको एकता कोदो र तोरीको मिसावट जस्तै हो । कोदो मात्र भए त्यसको रोटी ,ढिडो अर्थात जाँड बनाउन मिल्छ तोरीबाट तेल निकाल्न सकिन्छ। तर कोदो र तोरीको मिसावट हेर्दा उस्तै भए पनि यस बाट न त तेल न त रोटी ढिडो नै बनाउन मिल्छ। वरिष्ठ नेता अशोक राई

उहाले उक्त कुरा संघीय समाजवादी फोरमको भात्री संगठन नेपाली संघीय समाज अमेरिका र नया शक्ति पार्टीको अन्तररास्ट्रिय नेपाली समाजलाई एकीकरण गरि बनेको “नेपाली समाज अमेरिका” को बिस्तारित भेलालाई बोस्टनमा सम्बोधन गर्दै बताउनु भएको हो।

उहाले कोदो र तोरीको मिसावटको दुइ तिहाइ सरकारबाट नेपाली जनताले न रोटी ढिडो न तेल नै पाउछन् अर्थात बिकाश ,सम्वृद्धि यो सरकार बाट सम्भव छैन भन्नु भयो । संबिधान संशोधनको उद्धेश्यले प्रधानमंत्रीसंग दुइ बुंदेलिखित सम्झौता गरेर पार्टी सरकारमा गएको हो त्यसको पालना हुन्न भने हामी सरकारमा बस्नुको औचित्य छैन उहाले भन्नु भयो ।

संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा छन्/तर पहिचान ,भाषा,धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेका छन् । यो संबिधान चौरासी व्यंजनमा झिंगा परेको जस्तो भएको छ । संविधान संशोधन गरेर हिमाल पहाड तराइ सम्पूर्ण जनताको भावनालाइ समेट्नु आजको आवस्यकता हो भन्नु भयो। यसको नेतृत्व अब समाजवादी पार्टी गर्छ भन्नु भयो ।

सोहि सभालाई संबोधन गर्नु हुदै समाजवादी पार्टी केन्द्रिय सदस्य शुशिला श्रेष्ठले विदेशमा बसेर दुख गरि रहनु भएको छ तर तपाईहरुको आवाज नेपालमा सुनिन्छ । त्यसो र गाउघर तिर पार्टीको प्रचार यताबाट पनि गरि दिनु होला भन्नु भयो ।

सोहि भेलालाई एन आर एन अमेरिका पूर्व सभापति शिब कुमार राइ,नेपाली समाज न्यु योर्कका महासचिव लोक चेम्जोङ्ग,सदस्य केशब राम राई लगायतले सम्बोधन गर्नु भएको थियो ।

उक्त भेलाले न्युहेम्प्शायर,म्यासाच्युसेट्स,कनेक्टिकट,भर्मन,मेन,५ वटा राज्य (जसलाई न्यु इंग्ल्याण्ड भनिन्छ )को समिति गठन गरेको छ। उक्त न्यु इंग्ल्याण्ड समिति सुरेश चाम्लिङ्गको अध्यक्षतामा गठन गरिएको छ। जसमा महा सचिव दिपक डंगोल,उपाध्यक्ष प्रकाश परियार, सचिव शेखर राई,सदस्यहरु चन्द्र राई,गीता श्रेष्ठ,भरत देवान,लगायत रहेको एक तदर्थ समिति गठन गरिएको छ ।

वरिष्ठ वरिस्ट नेता अशोक राइको यो नै यस पटकको अमेरिकाको अन्तिम कार्यक्रम रहेको थियो। त्यस पछि उहा नेपाल फर्किनु भएको थियो ।

सुरेश चाम्लिङ्ग बोस्टन बाट

प्रतिक्रिया