सोमबार, भदौ २ २०७६
काठमाडौं ०७:३६
वासिङटन डिसी 21:51

भारत्तोलक रुप कार्की अन्तरराष्ट्रिय पावरलिफ्टिंग लिग (आईपिएल)को लागि पूर्व योग्यता (प्रि क्वालिफाई )

इनेप्लिज २०७६ साउन ३ गते २३:०६ मा प्रकाशित

 

डिसी । भारत्तोलक रुप कार्कीलाई गत जुलाई १३ का दिन ५० -५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा स्वर्ण पदक प्राप्त संगै उनि अन्तरराष्ट्रिय पावरलिफ्टिंग लिग (आईपिएल)को लागि पूर्व योग्यता (प्रि क्वालिफाई )भएका छन् ।

उनको नाम दर्ता भै सकेकोले कार्की तयारीमा जुटेका छन् । आगामी अक्टोबर २४ देखि २८ सम्म आयरल्याण्डमा हुने आईपिएल प्रतियोगिताको लागि भिड्न पूर्ण मानसिकता बनाई सकेको उनले जनाएका छन् । उनले स्मरण गराउदै यो पूर्व योग्यता प्राप्त भए पछि मात्र आईपीएललको प्रतिस्प्रद्धामा प्रतियोगीको रुपमा जान पाइने आफ्नो बाटो खुलेकोले हर्षित भएको उनले बताए ।

यो खेलको लागि २ सय ५२ वटा राष्ट्रहरुको सहभागितामा हुने छ ।

आयरल्याण्डको साउथ कोर्ट होटल ( अतिथि गृह)मा कार्यक्रम हुने छ र त्यसको लागि अहिले नै तम्तयार भएको जनाए । भारत्तोलक कार्कीले ४४-४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा गत बर्ष सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा उनले स्वर्ण पदक जितेका थिए ।

कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुन् ।

 

प्रतिक्रिया