सोमबार, भदौ २ २०७६
काठमाडौं ०७:०८
वासिङटन डिसी 21:23

भक्तपुर जिल्ला फूटबललाई आपत्, ८ क्लब आन्दोलनमा

इनेप्लिज २०७६ साउन ३ गते ११:५५ मा प्रकाशित

काठमाडौं, ३ साउन । अखिल नेपाल फूटबल संघ (एन्फा)ले सञ्चालन गरेको जिल्ला लिगमा अनधिकृत क्लवलाई सहभागी गराई आफूहरूलाई पाखा लगाएको विरोधमा आठ क्लबले बिरोध गरेका छन् ।

जिल्ला लिगमा दर्ता नभएका क्लबलाई सहभागी गराएको र प्रतियोगिता नियमावली विपरित स्थानीय क्लबलाई निरुत्साहित बनाउने काम गरेको भन्दै विरोध जनाइएको हो ।

संघले टिम दर्ता गर्न नमानेको, अनावश्यक रुपमा कारबाही गरेको र जिल्लाका सक्रिय क्लबलाई सहभागी हुन नदिने निहित नीहित स्वार्थ राखिएको आरोप लगाएका छन् ।

भक्तपुर फुटबल क्लब, सत्यनारायण फुटबल क्लब, दिव्यश्वरी युवा समाज, ख्वप फुटबल क्लब, नेवालय फुटबल क्लब, थिमी युथ क्लब, ख्वप्रि फुटबल क्लब र द बेस्ट टिमले एन्फाको बार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन भएको जिल्ला लिगमा सहभागी गराउन माग समेत गरेको छ ।

भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिका अनुसार आधिकारिक निकायमा दर्ता नभएका क्लबलाई समावेश गर्दै संघले टाईसिट निकालेको विरोध गरे । उनले निष्पक्ष, पारदर्शी र खुल्ला सहभागीता सहित प्रतियोगिता आयोजना गर्न माग गरे ।

१० टिममा ६ वटा क्लब कुनै आाधिकारिक निकायमा दर्ता नभएको भन्दै आवश्यक कारबाहीका लागि एन्फा र सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया