परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीद्वारा अंगदान गर्ने घोषणा

इनेप्लिज २०७६ साउन ३ गते ११:३९ मा प्रकाशित

काठमाडाैँ, ३ असार । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मरणोप्रान्त आफ्नो शरीर अंगदान गर्ने घोषणा गरेका छन् ।

उनले मृगौला, मुटु,फोक्सो, कलेजो,प्याङ्क्रियाज र सानो आन्द्रा गरी ६ अंग दान गरेका हुन् । ज्ञवालीसँगै उनकी पत्नी सरस्वति ज्ञवाली अर्यालले पनि अंग दान गरेकी छन् ।

सामाजिक संजाल ट्वीटर र फेसबुकमार्फत मन्त्री ज्ञवालीले आफू र आफ्नी श्रीमतीले अंगदान गरेको जानकारी गराएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्- बुढाबुढी दुबैले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर पुगेर (मरणोपान्त) अंगदान गरेर आयौं।जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्- बस् यत्ति कामना छ।’दुबै बुढाबुढीले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा (मरणोपान्त) अंगदान गरेर आयौं ।जिन्दगीको त के भरोसा छ र !जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्-बस् यत्ति कामना छ।

प्रतिक्रिया