मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव सम्बन्धि बिषयमा अमेरिकी तल्लो सदनमा बहुमत द्वारा अस्वीकृत

इनेप्लिज २०७६ साउन १ गते २३:४२ मा प्रकाशित

डेमोक्रेटिक दलका चार महिला जन प्रतिनिधिलाई देश फर्क भनि सामाजिक संजालमा टिप्पणी गरेका राष्ट्रपतिलाई महाअभियोग लगाउने बिषयमा समेत तल्लो सदनमा मतदान गर्दा अस्वीकृत भएको छ ।

डेमोक्रेटिक दल द्वारा एकल रुपमा राष्ट्रपतिलाई महाभियोग लगाउने बिषयमा प्रारम्भिक रुपमा टेक्ससका जन प्रतिनिधि अल ग्रीनले राखेको प्रस्ताव विफल भएको छ ।यस बिषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलो पटक महाभियोग लगाउने बिषयमा मतदान भएको हो ।

महाभियोग प्रस्तावलाई अमान्य गर्ने बिषयमा गरिएको मतदानमा ३३२ -९५ मत परे पछि महाभियोग प्रारम्भिक प्रस्ताव समाप्त भएको छ । यस बिषयमा डेमोक्रेटिक दल विभाजित भएका छन् । ९५ जना डेमोक्रेटिक जन प्रतिनिधिहरु मध्ये ४० प्रतिसत भन्दा ज्यादा डेमोक्रेटिक ककस(गुटबन्दी)ले प्रस्तावको बिरुद्धमा मत खसालेका थिए ।

यस्तै प्रकारका प्रस्तावहरुमा डेमोक्रेटिकहरुले सन् २०१७ मा ५८ र सन् २०१८ मा ६६ जनाले प्रस्ताव बिरुद्ध मत खसालेका थिए । रिपब्लिकनहरुले यसलाई जीवित राख्न मतदान गरेनन । जन प्रतिनिधि ग्रिनले तल्लो सदनमा महाभियोग दफा ल्याउन योग्य रहेका छन् किनभने सदनको नियम अनुसार उनले ल्याएको दफालाई बिशेष प्रस्तावको रुपमा ठानिन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आए पछि उनलाई महाभियोग लगाउनु पर्छ भन्ने अमेरिकामा सदैव चर्चा परिचर्चा हुन्छ । ट्रम्पलाई महाभियोग लगाउनु पर्छ भनि सामाजिक संजालमा पनि देख्न पाइन्छ । राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाइने भएमा उनले दोश्रो कार्यकालको लागि चुनाव जित्ने छन् भनि सिनेटर र सभासदले समेत बेलाबेलामा टिप्पणी गर्ने गरेका छन् ।

श्रोत : सिएनएन/सिबिएस

प्रतिक्रिया